खाजा खान जादां जन्तीको मुत्यु

चितवन, ०८ फागुन । चितवनको कविलास–१ जुगेडीमा भएको सवारी र्दुघटनामा परी एक जना जन्तीको मुत्यु भएको छ ।
चितवनबाट काठमाडौं जन्ती जादै गरेका पर्सा ठोरीका ५० वर्षीय बाबुराम गोलेको जुगेडीमा खाजा खाएर फर्किदा नाम नखुलेको वसको ठक्करबाट उनको ज्यान गएको प्रहरी चौकी जुगेडीले जानकारी दिएको छ ।
ना ६ ख १८९० नं को गाडीमा काठमाडौं जन्ती जांदै गर्दा जुगेडीमा खाजा खान रोकेको थियो । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो । ठक्कर दिने गाडीको अझै पहिचान नभएको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.