कोईरालाको ईच्छा र चाहना अनुसार विकास निर्माणका कामलाई निरन्तरता

प्रस्ताव सुवेदी
चितवन, ०८ फागुन । व्यवस्थापीका संसदका सदस्य रामकृष्ण घिमिरेले काग्रेस सभापति शुशिल कोईरालाको ईच्छा र चाहना अनुसार विकास निर्माणका कामलाई निरन्तरता दिने वताउनु भएको छ ।ramkrishna

चितवन क्षेत्र नम्वर चार सभापति कोईरालाको निर्वाचन क्षेत्र पनि भएकाले उहाँले परिकल्पना गरे अनुसारको विकास योजना वनाउन आफुले महत्वपूर्ण योगदान दिने वताउनु भयो । नेपाली काग्रेस भरतपुर उपमहानगरपालीका वडा नम्वर २७ ले आयोजना गरेको सोक सभामा वोल्दै सदस्य घिमिरेले संविधान जारी गर्न सफल रहेका सभापतिको आदर्श अनुसार काग्रेस चल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा वोल्दै उहाले काग्रेसमा देखिएको समस्या समाधानका लागि सवै एक हुनु पर्ने आजको आवश्यकता रहेको वताउनु भयो । अहिले क्षेत्र नम्वर चारको विकासका लागि आफु दत्त चित्तका साथ लागेको उहाँको भनाई थियो ।
वुथ सभापति युवराज क्षेत्रिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काग्रेस चितवनका कोषाध्यक्ष शंकर कडेल, महाधिवेसन प्रतिनिधि साजन महत्व, काग्रेस नेता प्रेम पाठक लगाएतले वोल्नु भएको थियो ।