काग्रेस अहिले मियो विनाको दायी भई रहेको छ

 

प्रस्ताव सुवेदी
चितवन, ०८ फागुन । नेपाली काग्रेसका पूर्व महामन्त्री कुल वहादुर गुरुङ्गले काँँग्रेस जनका लागि वास्तविक काग्रेस खोज्ने समय आएको वताउनु भएको छ । IMG_9437काग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा यस्तो वताएका हुन । काग्रेस भित्रके गुटवन्धि अन्तय र पार्टिलाई एकिकृत गर्नका लागि सक्षम नेतृत्व आवश्यक रहेको उहाँको भनाई थियो ।
अहिले काग्रेसमा वास्तीव केतृत्व नरहेको भन्दै नेता गुरुङ्गले काग्रेस अहिले मियो विनाको दायी भई रहेको भन्दै कम्युनिष्ट को पुच्छर वन्ने नेतृत्व अवको महाधिवेशनमा आवश्यक नरहेकाले सवै कार्यक्रताले विवेक प्रयोग गर्नका लागि समेत आग्रह गर्नु भयो । काग्रेस भित्र निर्णय गर्ने समय आएकाले काग्रेसको विवेकले देशको नेतृत्व दिने नेता रोज्नु पर्ने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रता भेटघाटमा वोल्दै अर्का नेता गोविन्दराज जोशिले काग्रेस अहिले वेथितीमा चलेको वताउनु भयो । जसका कारण पार्टि भित्र दुरदर्शि नेतृत्वको आवश्यक रहेको उहाँको भनाई थियो । पार्टि भित्रको विवादका कारण काग्रेस नेतृत्वले अहिलेको समस्या समाधान गर्न नसक्ने वताउनु भयो । नेतृत्वको कम्जोरीका कारण काग्रेस पछि परेको नेता जोशिको भनाई थियो ।IMG_9387
काग्रेसको १३ औ महाधिवेसनका अवसरमा देश दौडाहामा निस्कने क्रममा आज चितवन आएका काग्रेस नेताहरुले पार्टि भित्रको आन्तरीक विवादलाई छलफल मार्फत समाधान गर्नु पर्ने वताएका छन् । काग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वोल्दै नेता जोशिले काग्रेसले विचलनको वाटोलाई छाडेर एक हुन आवश्यक रहेको वताएकको थिए ।
यसै विच काग्रेसका अर्का नेता बिनोधध्वज चन्दले काग्रेसको अधिवेसनले जोशर होसलाई समन्वय गरेर अगाडि लैजाने नेतृत्व आवश्यक रहेको वताउनु भयो । अवको अधिवेसनमा व्याक्तिको मान्छे भन्दा संस्थाको मान्छे रोज्न आवश्यक रहेको वताउनु भएको थियो ।