२४ घण्टामा १ सय ८५ जनालाई कारबाही

चितवन, ०८ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गएको २४ घण्टामा गरेको सवारी चेकजाँचका क्रममा १ सय ८५ जनालाई कारबाही गरेको छ । कारबाहीस्वरुप उनीहरुबाट ५८ हजार ६ सय रुपैया जरिवाना गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी गएराती मादक पदार्थ सेवन गरी सवारी चलाउने १३ जनालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारबाही स्वरुप उनिहरुको लाइसेन्समा प्वाल पारिएको र जनही १ हजार रुपैया जरिवाना गराइएको ट्राफिकले जनाएको छ ।

यति वेला नारायणगढ–हेटौडा सडकखण्ड खुल्ला छ, त्यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड,मुग्लिन–नौविसे–काठमाडौ सडकखण्ड, मुग्लिन–दमौली–पोखरा सडकखण्ड र नारायणगढ – परासी – वुटवल सडक खण्ड सुचारु छन ।

Leave a Reply

Your email address will not be published.