पृथ्वी राजमार्गबाट म्याजिक भ्यान खस्दा ११ जना घाइते

विनोद श्रेष्ठ
चितवन, ०७ फागुन । नारायणगढ बाट धादिङ्गको जोगिमारा जादै गरेको ना १ ज ३२१४ नम्बरको म्याजिक भ्यान पृथ्वीराजमार्ग अन्तरगत चितवनको दारेचोक गा.वि.स. वडा नं. ७ चुम्लिङ्गटार नजिकै बाट त्रिशुली किनारमा खस्दा १३ जना घाइते भएका छन् । dddघाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानाएका छन् ।
घाइतेहरुलाई कुरिनटार स्थित रहेको मनकामना पोली क्लिनिक र आँबुखैरेनी लगिएको छ । दुर्घटनाको प्रकृति हेर्दा चालकले अत्याधिक गतिमा सवारी हाकेको र नियन्त्रण गुमाउदा उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।