कञ्चन समाज विकास परिषद्ले गरेको निःशुल्क स्वास्थ्य शिविर सकियो

अनिल भट्टराई

चितवन, ०७ फागुन । कञ्चन समाजको चाहाना, सुस्वास्थ्यको कामना” भन्ने मुल नाराका साथ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सप्तगण्डकी अस्पताल प्रा.लि. भरतपुरको प्राविधिक सहयोगमा कञ्चन समाज विकास परिषद् को आयोजनामा “निःशुल्क स्वास्थ्य शिविर” सञ्चालन सम्पन्न भएको छ ।hhhh

परिषद्का अध्यक्ष प्रेम दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वरिष्ठ नाक, कान, घाँटी तथा टाउको रोग/क्यान्सर विशेषज्ञ एवम् सप्तगण्डकी अस्पताल प्रा.लि. प्रमुख डा. अमर श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रमको संयोजक श्री रसिला अधिकारी रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य भने कञ्चन समाज विकास परिषद्का कोषाध्यक्ष श्री विकास भट्टले राख्नु भएको थियो । औपाचारी कार्यक्रमका सञ्चालक सरोज थपलिया रहनु भएको थियो ।

यस कार्यक्रममा बरिष्ठ नाक, कान, घाँटी तथा टाउको रोग÷क्यान्सर विशेषज्ञ डा. अमर श्रेष्ठ, बरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. जेनी श्रेष्ठ, बरिष्ठ हाडजोर्नी, नशारोग विशेषज्ञ डा. हेमन्त कुमार गुप्ता र बरिष्ठ फिजिसियन डा. राजेश पन्जियार लगायत, आयुर्वेद सहायकद्धारा सेवा प्रदान भएको स्वास्थ्य शिविरमा १६७ विरामीहरु लाभान्वित भएका थिए ।