उपचार केन्द्रको निशुल्क मधुमेह परिक्षणमा दुई सय ३६ जना लाभान्वित (तस्वीर सहित )

चितवन, ०७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर क्षेत्रपुरमा निशुल्क मधुमेह परिक्षण गरिएको छ । मधुमेह, थाइराइड, बाथ तथा मुटुरोग उपचार केन्द्रको संयोजनमा रामेश्वर पुस्तकालयमा निशुल्क मधुमेह परिक्षण गरिएको हो ।
उक्त परिक्षणमा दुई सय ३६ जनाले मधुमेह परिक्षण गराएका थिए । मधुमेह परिक्षण गराउने मध्ये करिब दुई सय जनालाई मधुमेह देखिएको समपर्ण पोलिक्लिनिक प्रालिका सञ्चालक सञ्जय गुप्ताले जानकारी दिए । विशेष गरी मधुमेह भएका विरामीलाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको गुप्ताको भनाइ थियो ।
त्यसैगरी, मधुमेह परिक्षणसँगै स्थानीयलाई मधुमेहबाट जोगिने उपायका बारेमा समेत प्रशिक्षण दिइएको थियो । मधुमेहका कारण उच्च रक्तचाप तथा मुटुको रोग लाग्न सक्ने भएकाले बेलैमा सतर्कता अपनाउनुपर्ने कार्यक्रममा बताइएको थियो ।
शिविर सँगै सञ्चालन भएको कार्यक्रममा मधुमेह एण्ड थाइराइड केयर सेन्टर कुपण्डोल काठमाडौँका मधुमेह थाइराइड विशेषज्ञ डाक्टर अमित शाक्ले प्रशिक्ष दिँदै खानपानमा ध्यान दिनुपर्ने बताए ।