सासंद घिमिरेको सक्रियतामा डिप टुवेल निमार्णको काम सुरु

 

प्रस्ताव सुवेदी
चितवन, ०७ फागुन । पश्चिम चितवनको सुख्खा क्षेत्रलाई मध्य नजर गर्दै डिप टुवेल निमार्णको काम सुरु भएको छ ।
पश्चिम चितवनको फुलवारी र मंगलपुरमा डिप टुवेल निमार्णका काम सुरु भएको हो ।
व्यवस्थापीका संसदका सदस्य रामकृष्ण घिमिरेको अग्रसरतामा सो काम अगाडि वढेको हो ।
दुई वटा डिप टुवेलका लागि २५ लाख रुपैया सरकारको लगानि रहने गरी निमार्णको काम सुरु गरीएको सदस्य घिमिरेले बताए ।
आकाशे पानीको भरमा जमिन सिचाई गरीरहेका सो क्षेत्रका जनताका लागि डिप टुवेल निमार्णको काम सुरु भएसंगै केहि राहतको महशुस गरीरहेका छन् ।
डिप टुवेल निमार्ण पछि सो क्षेत्रमा एक हजार हेक्टर क्षेत्रफल सिचाई हुने छ ।
निमार्णका लागि उपभोक्ता समिति गठन गरेर निमार्ण प्रकृया अगाडि वढाईएको छ ।
फुलवारी डिप टुवेल निर्माण समितिकी अध्यक्ष भगवति अधिकारी सिचाईका लागि कार्यक्रम सुरु भए संगै आफुहरु हर्शित भएको वताए । वर्षाको भरमा जमिन सिचाई गर्नु पर्ने वाध्यत्माक स्थिती अव आफुहरुमा नरहेको अधिकारीले वताए ।