क्रियाशिल पत्रकार महिला नवलपरासीमा भुषाल

 

नवलपरासी, ०७ फागुन । क्रियाशिल पत्रकार महिला (डब्लु.डब्जु.जे) नवलपरासीको आज कावासोतीमा भएको प्रथम अधिवेशनले धनु भुषालको अध्यक्षतामा ७ सदस्यिय नया कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानु पंगेनी, सचिवमा सिता शर्मा, कोषाध्यक्षमा तारा बराल चयन भएका छन् ।12755405_473894112794577_466634767_o
यसैगरी सदस्यहरुमा कमला राना, आरती राना र सजनी आले चयन भएका हुन् ।
यसअघि अधिवेशनको उद्घाटनशत्र नोपल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष विरेन्द्र पराजुली तथा क्रियाशित पत्रकार महिला नवलपरासीका निवर्तमान उपाध्यक्ष धनु भुषालको अध्यक्षातामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पराजुलीले पत्रकार महिलाहरुकालागी अब महासंघको सदस्यता दिलाउनमा सकदो पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले कुनै नातावाद कृपावाद तथा पार्टीका संगठनको सिफारिस भरमा नभै सदस्य हुनकालागी योग्यता पुगेकाहरुलाई मात्रै सदस्यता वितरण गर्नकालागी पनी आफु र आफनो संस्था लागी पर्ने समेत बताए ।
यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमकी विषेश अतिथी क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे चितवनकी अध्यक्ष तथा नेपाल पत्रकार महासंघ चितवन महिला विभाग संयोजक शान्ता अधिकारीले यो संस्था विशुद्ध लेखेर कलम चलाएर खाने श्रमजिवी पत्रकारसंग आबद्ध संस्था भएकाले यस्ता पत्रकार महिलाहरुको पेशागत हक अधिकारकालागी वकालत गर्न सदैव तयार रहने बताएका थिए ।
यस्तै उनले समयको परिवर्तनसंगै पत्रकारिता पेशामा पनी विभिन्न विकृति विसंगती भित्रीएको भन्दै यसलाई महासंघले चिर्न आवश्यक रहेकोमा जोड दिएका थिए । भने हिजोआज कतिपय पत्रकार महिलाहरुले पनी अनुशाशनको ख्याल नगर्दा असुरक्षित हुने र हिंसाको सिकार हुनुपरि रहेकाकाले आफ्नो व्यक्तिगत सुरक्षाकालागी आफनो कृयाकलापमा ख्याल गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रिय सचिव केवि राना, नेपाल प्रेस युनियन, नवलपरासीका सभापती श्रीराम सिग्देल, क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल टेलिभिजनका संवाददाता लालकुमार भट्टराई, रेडियो सामथ्र्यका प्रबन्ध निर्देशक सागर पोख्रेल, रेडियो मध्यविन्दुका प्रबन्ध निर्देशक रमेश बस्ताकोटी, शैक्षिक जागरण मासिकका सम्पादक शालिकराम कोईराला, संचारकर्मी तथा पत्रकार संजाल नवलपरासीका अध्यक्ष खगराज सापकोटा लगायतले बोल्दै नया कार्यसमिती चुरुत दुरुस्त बनोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

.