गाउंका जनतामा दाँत किराले खाने समस्या बढी (तस्वीर सहित)

चितवन, ०७ फागुन। जिल्लाको शहरी क्षेत्रमा भन्दा पनि गाउंका जनतामा दाँत किराले खाने समस्या बढी रहेको पाईएको छ ।12699292_10154704635161164_1472795613_o

वकुलहर रत्ननगर अस्पतालको आयोजना तथा सपना भिलेज सोसल इम्प्याक्ट र जर्मनीको ओपन आई नामक संस्थाको सहयोगमा पुर्वी चितवनका ग्रामिण भेगमा आयोजना गरिएको दन्त शिविरमा यस्तो समस्या रहेको पाईएको हो ।12755046_10154703562301164_101541494_o

पुर्वी चितवनको सिद्धी,पदमपुर,शक्तिखोर र वकुलहर अस्पतालमा निशुल्क दन्त शिविर आयोजना गरिएको थियो ।

चार स्थानमा छुट्टा छुट्टै स्थानमा आयोजित शिविरमा ४ सय ७५ जनाको दाँत परिक्षण गरिएको थियो । परिक्षण गराएका मध्ये आधा भन्दा वढिमा दाँत किराले खाने समस्या रहेको पाईएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । त्यस्तै दाँत दुख्ने,सुन्निने,हर्स हुने समस्या रहेको पनि पाईएको गिरीले वताए ।12755140_10154703560966164_699769641_o

ग्रामिण भेगका मानिसले दाँत समेत नमाझ्ने गरेको सो अवसरमा पाईएको सोसल इम्प्याक्टका सदस्य नारायण वनले जानकारी दिए । शिविरमा दाँत भर्ने,झिक्ने,सफा गर्ने काम भएको थियो । शिविरमा जर्मनीकै दन्त चिकित्सक र वकुलहर रत्ननगर अस्पतालका चिकित्सकले दाँत परिक्षण गराएका थिए । शिविर अन्र्तगत शुक्रवार सौराहामा दाँत परिक्षण तथा उपचार गरिने आयोजकले वताएको छ ।12499120_10154703566876164_842301863_o

फागुन २ गतेदेखी सुरु भएको शिविर संचालन अवधिमा विद्यालयका विद्यार्थीहरुलाई दाँत माझ्ने तरिकाकाबारे जर्मनी चिकित्सकले प्रशिक्षण दिएका थिए ।