रत्नश्रीको सहकारी प्रशिक्षण

 

चितवन, ०७ फागुन । रत्नश्री बहुउद्धेस्यिय सहकारी सस्था लिमिटेडको आयोजनामा नया शेयर सदस्य स्वागत तथा सहकारी प्रशिक्षण कार्यक्रम आज रत्ननगरमा सम्पन्न भएको छ ।
संस्थाका कोषाध्क्ष तथा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक मिस्टर बाबु घिमिरेले प्रशिक्षण प्रदान गर्नुभएको कार्यक्रममा नया सदस्यको तर्फबाट चन्द्रकान्त ओझा र अनिता पौडेल प्रसाईले मन्तब्य राख्नु भएको थियो । संस्थाका उपाधक्ष्य राजेन्द्र न्यौपानेले संस्थाको बर्तमान अबस्थाबारे प्रकास पार्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।