राईटको निशुल्क सेमिनारबाट विद्यार्थीहरु उत्साहित

 

चितवन, ०७ फागुन । उच्च शिक्षाका लागि अष्ट्रेलीयामा गएर अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई लक्षित गरि चितवनमा बृहत सेमिनार भरतपुर शुक्रबार सम्पन्न भएको छ ।DSC_9412

उच्च माध्यमिक तह उतीर्ण गरेका विद्यार्थीहरुले भविष्यमा उच्च शिक्षाको संभावनाका क्षेत्रहरु, तिनीहरुको प्रभावकारीता लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले राईट एण्ड एसोसेट प्रा.लि चितवन शाखाले सो एकदिने सेमिनार आयोजना गरेको संस्थाका चितवन निर्देशक देवेन्द्रराज रेग्मीले जानकारी दिए ।DSC_9414

अष्टेलियाको किङ्गस्स ओन ईन्स्टिूच्यूटको बारेमा जानकारी दिने उद्देश्यले सेमिनार आयोजना गरेको उनले बताए । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर राईट एण्ड एसोसेट बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको छ ।

अष्ट्रेलियामा रहेका विश्वविद्यालयका प्रतिनिधिहरुलाई नेपालमा उपस्थित गराई विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी गराउनका लागि नै सेमिनार गर्दै आएको चितवन शाखाका निर्देशक रेग्मीले विद्यार्थीहरुलाई बताए ।
सो अवसरमा भिषा एक्स्टेण्सन, नयां कोर्ष, अध्यागमन कानुन, लगायतका विषयमा विद्यार्थीहरुका जिज्ञासा किङ्गस्स ओनका प्रचार्य एवं डिन डग् हिन्चलिफले समाधान गरेका थिए । भने उनले विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा अध्ययन गर्न सकिने विभिन्न विषय र ती विषय अध्ययनपछि प्राप्त हुन सक्ने अवसरका बारेमा सल्लाह सुझाव समेत दिएका थिए ।dddd
सेमीनारमा पहिलो चरण अन्तर्गत अष्ट्रेलियाको विषयमा तयार पारिएको सामाग्री र दोस्रो चरणमा परामर्श प्रदान गरिएको थियो ।

सेमीनारमा नेपाली विद्यार्थीहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालयका सम्बन्धित प्रतिनिधिसँग भलाकुसारी गर्ने अवसर पाएको राईट एण्ड एसोसेटका सिड्नी निर्देशक बालचन्द्र भट्टराईले बताए । सेमिनारमा चितवनका ६० जना बढी विद्यार्थीहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published.