गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन, ७ फागुन । पुर्वी चितवनमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका ८ पदमपुर स्थित चर्तुमुखी सामुदायीकको खरघारीमा गैडा आक्रमणबाट कालिका रगरपालिका १२ पदमपुरका ८२ वर्षीय हुकमान परियारको मृत्यु भएको चर्तुमुखी सामुदायीक बनका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए ।

खर काट्न जंगल गएका बेला उनलाई गैडाले आक्रमण गरेर ज्यान गएको स्थानियले बताएका छन । एक हप्ता अघि बेपत्ता भएका परियारको आज बिहान बनको खरघारीमा शव फेला परेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.