फागुनसम्ममा वैद्य र प्रचण्ड माओवादी एकता

सौराहा अनलाईन 
चितवन, ०७ फागुन । कृषि मन्त्री हरीवोल गजुरेलले फागुनसम्ममा वैद्य र प्रचण्ड माओवादी एकता हुने ठोकुवा गरे ।
हिजो आज नै एकता हुने थियो–उनले भने वैद्यजी तिर केहि प्राविधिक समस्याले हो, पार्टी एककीरण हुन्छ । क्रान्तिकारी पत्रकार संघ चितवन शाखाले भरतपुर विमान स्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री गजुरेलले प्रधानमन्त्रीले भारतमा गर्न लागेको भ्रमणमा कुनै पनि ठोस सम्झैता नहुने दावी पनि गरे । अहिलेको भ्रमर्ण सम्वन्ध सुधार मात्र हो मन्त्री स्तरीय वैठकले पनी यीनै कुराहरु पारीत गरेको छ उनले बताए । अहिलेको सरकाको परिवर्तनका विषयमा उठेका कुराहरु प्रति लक्षित गर्दै मन्त्री गजुरेलले राष्ट्रिय सरकारको विषयमा मात्र सहमति हुने बताए ।
सरकार यहि नै हुन्छ, उहाले दावी गर्दै भने, काँग्रेस सँग मिलेर मात्रै राष्ट्रिय सरकार आउछ ।

यस्तै उनले कृषि क्षेत्रको विकासका लागि सरकारले नयाँँ निति तथा कार्यक्रम तय गर्न लागेको बताए । कषिका लागि निति आबश्यक थियो–उनले भने हामी जारी गरेको २७ बुदे प्रतिवद्धता र विज्ञहरुको सुझावकोआधारमा नयां कार्यक्रम आउन लागेको हो । नेपाललाई कृषि क्षेत्रमा आत्मनिभर वनाउदै दक्षिण एसियाको नमुना देश वनाउन सरकारले नयाँँ रणनीति तथा कार्यक्रम ल्याउन थालेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published.