दुई दिन पछि फुल सिलिन्डर : आपूर्ती मन्त्री पुन

सौराहा अनलाईन 

चितवन, ०७ फागुन । आपुर्ती व्यवस्था मन्त्री गणेशमान पुनले मुलुकमा जारी असहजता एक दुई भित्र सहज हुने दावी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ चितवन शाखाले भरतपुर विमान स्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले अबको दुई दिनमा जनताले फmु सिलिन्डर ग्यास पाउने बताएका छन् ।
अबसरकार असहजतालाई कमि गर्नका लागि तयार छ–उनले दुई दिनमा सबै चिज पहिलेकै ठाउमा आउछ ।
मन्त्रीपरिषदको वैठकमा समेत असहजताको विषयमा प्रश्न उठेको भन्दै सहजता वनाउनका लागि उचित तवरले काम गरीरहेको मन्त्री पुनले वताए ।पुनले तीन दिन भित्रै उपभोक्ताले भरी सिलिण्डर खाना पकाउने ग्यास र मागेजति डिजेल-पेट्रोल सहजरुपमा पाउने दाबी गरेका छन् । ‘ढुक्क हुनुस्, दुई-तीन दिनभित्र भरी सिलिण्डर ग्यास र मागेजति तेल पाउनुहुन्छ,’ मन्त्री पुनले भने, ‘यतिबेलासम्म कुर्दिनु भयो, अब केहि दिन कुर्दिनुस् ।’
देशमा असहज परिस्थिती आएको समयमा कालो वजारी गर्ने मार्थि निग्रानि वढाई रहेको भन्दै यस्ता व्यावसायीहरुलाई कानुनी दायरामा ल्याउने उनको भनाई थियो । मन्त्री पुनले भन्नु भयो “मुलुकमा देखिउको समस्या एक दुई दिनमा नै समाधान हुन्छ ” “पहिलेको अवस्था भन्दा आपुर्तिमा केहि सहजता आएको छ” ।

Leave a Reply

Your email address will not be published.