धुर्मुस-सुन्तलीको सम्मान फुटवल खेलाडीलाई

काठमाडौं, फागुन ७ । सागमा उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई धुर्मुस सुन्तली फाउण्डेशनले नगद दुईलाख सहित सम्मान गरेको छ ।
खेलाडीले सारा नेपालीलाई गौरवान्वित तुल्याएको खुशियालीमा फाउण्डेशनले खेलाडीको सम्मान गरेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।
भारत विरुद्धको फाइनल खेलमा विजय हाँसील गरेर बुधबारमात्रै स्वदेश फर्किएका खेलाडीहरुलाई हाँस्य कलाकार धुर्मुस सुन्तलीले पुरानो बानेश्वरस्थीत आफ्नै कार्यालयमा सम्मान गरेका हुन् । ‘राष्ट्र निर्माणमा सबै क्षेत्रका नागरिक लाग्नु पर्ने बताउदै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले, नेपाली फुटवल खेललाई यो उचाइमा पुर्याउने नेपाली खेलाडीलाई सबैले उच्च सम्मान गर्नु पर्ने बताएकी छिन्।

Promise Education Consultancy