नवलपरासीको दुम्किबासमा दुर्घटना, एकको मृत्यु

 

नवलपरासी, ०६ फागुन, । नवलपरासीको दुम्किबास ५ दाउन्ने ओरालोमा बुधबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँंदै गरेको भारतीय नम्बर प्लेटको ए पी ०७ वाई ६३७७ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक सहचालक भारतको आन्द्रप्रदेश बस्ने बर्ष ३० का रहेमान सेठको घटनास्थलमै मृत्यु भएको हो ।

उनको ट्रकमा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए ।

दुर्घटनामा परी चालक पनि सामान्य घाइते भएका छन् ।