चित्रसेन वनले डुङ्गा सयरबाट १ करोड आम्दानी

चितवन, ०४ फागुन । पूर्वी चितवनको रत्ननगर ५ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक वनले गत आर्थिक वर्ष २०७१,७२ मा डुङ्गा प्रवेशमार्फत १ करोड भन्दा वढि आम्दानी गरेको छ ।
वनको १४ औं वार्षिक साधारण सभामा कोषाध्यक्ष पुष्पराज आचार्यले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार गत आर्थिक वर्षमा डुङ्गा प्रवेशबाट १ करोड ९ लाख २ हजार रुपैया आम्दानी गरेको हो ।
वनले आगामी वर्षमा भने ९६ लाख मात्रै डुङ्गा प्रवेशबाट आम्दानी गर्ने अनुमान गरेको छ । वनको आम्दानीको मुख्य श्रोत डुङ्गा तथा हात्ती सयरनै हो । कार्यक्रममा जेष्ठ नागरीक, विद्यार्थी, एकल महिला,असल ऋणी,कर्मचारीलाई सम्मान गरिएको थियो ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पुर्वी सेक्टरका सहायक संरक्षण अधिकृत रमेश यादव,क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, वडा नम्वर ५ का नागरीक वडा मंचका संयोजक एकनारायण पौडेल, चित्रसारी माविका प्राचार्य सुर्यप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए ।
वनका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष पुष्पराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.