कुमरोज सामुदायिक वनको साधारण सभा

चितवन  ०४ फागुन  । कुमरोज मध्यवर्ती सामुदायिक वनको ९ औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वनका अध्यक्ष हिरावहादुर गुरुङले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शम्भु जिसीले आयव्यय तथा लेखा समिति संयोजक ओमनाथ भट्टराईले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको आयव्यय प्रतिवेदन अनुसार सो वनले पर्यापर्यटनमा हात्ती प्रवेश टिकट विक्रीबाट मात्रै कुमरोज वनले गत आर्थिक वर्ष २०७१÷७२ मा ८३ लाख ८४ हजार भन्दा वढि आम्दानी गरेको उल्लेख छ ।
त्यस्तै मचान टिकट विक्रीबाट ६ लाख आम्दानी गरेको छ । यो आम्दानी स्वदेशी र विदेशी पर्यटकबाट संकलन भएको शुल्क हो ।
गत आर्थिक वर्षमा यस वनमा करिव ५० हजार पर्यटकले अवलोकन गरेका वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए ।
सो अवसरमा संरक्षणमा पुर्याएको योगदानको मुल्यांकन गर्दै इश्वरी पाठक र धननारायण उदास, पुर्व साँसद जेपी भेटवाल, वनका ५ जना पुर्व कर्मचारीलाई सम्मान गरिएको थियो ।