रामुको शर्मिलालाई लेखेको प्रेमपत्र उत्कृष्ट

हारेकालाई जिताउन आएको छ प्रेम दिवस
हम्रो मन मिलाउन आएको छ प्रेम दिवस
जबजब यो दिन आउँछ, यस्तो महसुस हुन्छ
मलाई माया दिलाउन आएको छ प्रेम दिवस
प्रिय शर्मिला,
लाखौं लाख मायाँका कोसेलीहरु केवल तिमिलाई …..

वास्तविक जिवनमा मेल खाएजस्तै छ सञ्चारकर्मी रामु आचार्यको प्रेम पत्र । करिब २ पृष्ठमा भावना पोखेर प्रियसी (शर्मिला) लाई लेखे उनले प्रेम पत्र ।

भ्यालेन्टाईन डे को दिनमा लेखेको प्रेम पत्र एन्जिला (मान्यता) चापागाईंले मनन लाई लेखेको प्रेम पत्रसँग टक्कर खायो । ५० पुर्णांकमा २८ दशमलव ५ अंक प्राप्त गर्यो एन्जिला र रामु आचार्यको प्रेमपत्र । सोमबार गोलाप्रथाको निर्णयमा रामुले जिते ।

सात जना प्रतिष्पधीमा बराबरी अंक ल्याएका यी दुई जनालाई गोला प्रथाद्धारा विजेता छनोट गर्न निर्णायक बाध्य भएको छ । आज सोमवार भएको गोलाप्रथामा रामु आचार्यलाई भाग्यले साथ दियो । उनले प्रेमपत्र लेखनको विजेता हुँदै ४ हजार पुरस्कार समेत पाए ।

६ महिना अघि भेटेकी शर्मिलालाई प्रेमपत्र कोरेको आचार्यले बताए । उनको मनमा के छ मलाई थाहा छैन । तैपनि मनको कुरा पोखरेर पत्र लेखेको आचार्यले जीतपछि प्रतिक्रिया दिए ।

‘मेरो प्रेमपत्रको भाव भनेको उनको जस्तो जवाफ आएपछि आफूलाई मान्य हुन्छ, आचार्यले भने, संसारको घच्चा घमासानमा पसिना काढेर हिस्सा लिने अबस्था आए उनको साथले सहज हुन्छ भन्ने नै हो ।’ अन्त्यमा उनले भनेका छन् मायाँ गर या नगर म तिमिलाई सधै मायाँ गरिरहने छु…..

गतबर्षकी विजेता एन्जिलाले यसपटक पनि पुरस्कार पाउने आशामा प्रतियोगितामा सहभागि भएकी थिईन् । उनलाई गोलाप्रथाले साथ दिएन । बराबरी भएकाले गोलाप्रथाबाट निर्णय सुनाउनेपरेको निर्णयक प्रजापती पराजुलीले बताए। सात जनाको प्रतिष्पर्धा भएको थियो ।

सौराहा फुड फेष्टिवल अन्तरगत सोमबार आज दुनाटपसी गाँस्ने, रत्यौली , गृहिणँी नृत्य र भजन चुड्का प्रतियोगिता समेत भएको थियो । यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारले प्रस्तुती दिएका थिए ।
मघ २९ देखि शुरु भएको सौराहा फुड फेष्टिवल मंगलबार सम्म चल्ने छ ।

चिचर खानेमा सिर्जना र दिपेश प्रथम

प्रणय दिवसको अवसरमा चितवनको सौराहामा आयोजना भएको सौराहा फुड फेष्टिवल अन्तरगत पत्रकारहरु विच चिचर खाने प्रतियोगिता र महिलाहरु वीच पानी पिउने प्रतियोगिता सम्पन्न भएको छ ।

महिला र पुरुष पत्रकार वीच अलग अलग चिचर खाने प्रतियोगिता आयोजना गरिएको थियो । पुरुष पत्रकार वीच भएको चिचर खाने प्रतियोगितामा रेडियो सौराहाका दिपेश चौधरी प्रथम भए । भने यस्तै पत्रकार महिला वीच भएको प्रतियोगितामा महिला खबर डट कमकी सिर्जना अर्याल विजयी भईन् ।
विजेता दुर्वजनालाई आयोजकले आजै नगद २/२ हजार नगद पुरस्कार प्रदान गरेको संयोजक नरेश गिरीले जानकारी दिए ।

यस्तै महिला वीच भएको पानी पिउने प्रतियोगितामा गायिका उमादेवी खनाल विजयी भईन् ।
आज प्रेम दिवस समेत परेकाले सौराहामा आन्तरिक पर्यटक भरिएका छन् । महोत्सव स्थलमा पर्यटकको घुईचो रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए ।