सकियो राष्ट्रिय औद्योगिक प्रदर्शनी

चितवन, फागुन । दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन भन्ने मुल नाराका साथ संचालन भएको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ आज (आईतबार)देखि सकिएको छ ।
चितवन उद्योग संघको आयोजनामा भएको प्रदर्शनीको व्यवस्थापिका सांसद एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समापन भएको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा सांसद पाण्डेले अबको राष्ट्रियता भनेकै अर्थतन्त्र भएको भन्दै अब यसलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले चितवनमा औद्योगिक प्रदर्शनी स्थल बनाउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सात दिन सम्म चलेको प्रदर्शनीमा एक लाख दर्शकले अवलोकन गर्नुको साथै करिव अप्रत्यक्ष रुपमा १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आर्थिक समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो । प्रदर्शनीमा रहेको स्याण्डवीजको घर, फर्निचर, औद्योगिक सोलारलगायतको विशेषगरि कारोबार भएको थियो ।
यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएकोले दर्शकहरुले सातै दिन निकै चासोका साथ प्रदर्शनीको अवलोकन गरेका थिए । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका थिए । प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहेका थिए ।
प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा÷प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहेका थिए ।
प्रदर्शनी अवधिभरमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत भएका थिए । यस्तै राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार–२०७२ दिप्ती गुरुङ बन्न सफल भएकी छिन् । यस्तै दोस्रो मनिषा परियार र तेस्रो सुनिता बुर्लाकोटी भईन् ।
डान्सिङ स्टारको उपाधि जित्नेले नगद २५ हजार रुपैयाँ, द्धितिय हुनेले नगद १५ हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार पाएको पुरस्कारको व्यवस्था गरिएको कला तथा साँस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.