र्हष उल्लाहसका साथ सुरु भो १० औं सौराहा फुड फेष्टिवल (तस्वीर सहित )

चितवन, २९ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि १० औं सौराहा फुड फेष्टिवल सुरु भएको छ ।
प्राकृतिक सौन्र्दयता,चितवन सौराहाको विशेषता भन्ने नाराका साथ सुरु फुड फेष्टिवलको चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले एक भव्य समारोहका विच वेलुन उडाएर उद्घाटन गरका थिए ।
रेष्टुरेन्ट एण्ड वार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा रत्ननगर–१७ स्थित सिसुवार खेल मैदानमा फुड फेस्टिवल सुरु भएको हो । फेस्टिवलको उद्धघाटन गर्दै प्रजिअ सिंहले फेष्टिवलले समग्र चितवनको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
भुकम्प, तराई आन्दोलनले पर्यटन क्षेत्रमा ठुलो क्षती पुर्याएको छ प्रजिअ सिंहले भने फेष्टिवलले समग्र जिल्लामा पर्यटक वढाउन मद्दत गर्दछ ।
यहाँका व्यवसायी संगठित, सक्षम, हिम्मतवाला भएकाले पनि शुन्य अवस्थामा रहेको पर्यटन व्यवसायले गति लिने उनको विश्वास थियो । आन्तरीक पर्यटनको मुख्य आकर्षण पोखरा, सौराहा र लुम्बिनी भएकाले यसको विसकाका लागी सवैको सहयोग आवश्यक रहेको प्रजिअ सिंहले वताए ।
कार्यक्रममा रेवानका केन्द्रिय अध्यक्ष प्रमोद जैसवालले चितवनमा थप गन्तव्य पहिल्याएर पर्यटकलाई अझ वढि आकर्षित गर्न जोड दिए ।
क्षेत्रिय रेवान पोखराका अध्यक्ष गोपीवहादुर भट्टराईले वातावरणलाई ध्यानमा दिदै फेष्टिवल, महोत्सवका क्रियाकलाप गर्नु पर्ने वताए ।
रेवान सौराहाका अध्यक्ष लालवहादुर भट्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत भरतकुमार थापा,लोक दोहोरी तथा भजन गायक प्रजापति पराजुली,क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल, वछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष वविता चौधरी लगायतले फेस्टिवल सफलताको मन्तव्य राखेका थिए ।
उद्घाटन शत्रमा स्वागत मन्तव्य राख्दै फेस्टिवलका संयोजक नरेश गिरीले फेस्टिवलले आन्तरीक पर्यटकको वृद्धी हुने आशा व्यक्त गर्दै यसले समग्र चितवनको पर्यटन प्रर्वद्धन हुने वताए ।
प्रेम दिवसको अवसर पारेर आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यका साथ रेवान सौराहाको आयोजनामा प्रत्येक वर्ष फुड फेस्टिवल हुदै आएको छ ।
फेस्टिवलमा प्रेम पत्र लेखन प्रतियोथिता, पानी पिउने प्रतियोगिता, पत्रकारबीच चिचर खाने प्रतियोगिता, वेलुन फुटाउने प्रतियोगिता, दुना टपरी गास्ने प्रतियोगिता हुनेछन् । यस वर्षको फेस्टिवलमा भजन चुड्का प्रतियोगिता, गृहणीबीच नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता थप गरिएको रेवान सौराहाका अध्यक्ष लालवहादुर भट्ट राजनले जानकारी दिए ।
फेस्टिवल फागुन ४ गते सम्म चल्नेछ । फेस्टिवल उद्घाटन अघि चितवन राष्ट्रिय निकुञ्ज पुर्वी सेक्टरको प्रवेशद्धारबाट फेस्टिवलस्थल सम्म विभिन्न जातजाती, संघसंस्थाको झाँकीसहितको शोभा यात्रा निकालिएको थियो । भने उद्धघाटनका अवसरमा प्यरामोटरबाट पुष्प बर्षा समेत गरिएको थियो ।
झाँकीमा ओद्रा महिला समुह प्रथम
सौराहा फुड फेस्टिवलको अवसरमा निकालिएको शोभा यात्रामा ओद्रा महिला समुह प्रथम भएको छ ।
फेस्टिवलमा सहभागी दर्जनौ संघसंस्था तथा जातजाती मध्ये थारु समुदायको ओद्रा महिला समुह प्रथम हुनुका साथै नगद २० हजार रुपैया पनि प्राप्त गरेको छ । त्यस्तै द्धितिय भएको नेपाल खड्गी समाजले १५ हजार, तृतिय भएको इन्द्रेणी क्लवले नगद १० हजार प्राप्त गरेको झाँकी समुहका निर्णयक रामु आचार्यले जानकारी दिए ।
यसैगरी मेन्दोला माया आमा समुह,थारु कल्चर प्रोग्राम,नेपाल दराई उत्थान नमुना आमा समुह र धारा पानी चेपाङ समाजले सान्त्वाना स्थान हासिल गरे ।
सान्त्वना स्थान हासिल गर्ने समुहलाई नगद ५,५ हजारले पुरस्कृत गरिएको थियो भने धारा पानी चेपाङ समाजलाई रेवानका केन्द्रिय अध्यक्ष प्रमोद जैसवालले व्यक्तीगत ५ हजार चेपाङ उत्थानका लागी प्रदान गरे ।