कोइरालाको अन्त्येष्टि राजकीय सम्मानसहित गरिदै

काठमाडौं, २७ माघ । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिदैछ । गबुधबार बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्बजनिक विदा दिने निर्णय अनुसार आज विदा दिएकबो छ ।
कोइरालाको अन्त्येष्टि आज पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा गरिदैछ
कोइरालाको निधनको शोकमा २७ देखि २९ गतेसम्म देशभरका सरकारी कार्यालयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । सो अवधिभित्र कुनै पनि औपचारिक कार्यक्रमहरु गरिनेछैन ।