कोईरालाको निधनका कारण पत्रकार महासंघका साधारणसभाहरु स्थगित

चितवन, माघ २६ । पूर्व प्रधानमन्त्री सुशील कोईरालाको निधनका कारण नेपाल पत्रकार महासंघका साधारणसभाहरु स्थगित गरिएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका कोईरालाको गएराती ७९ वर्षको उमेरमा कोईरालाको दुखद निधन भएकाले महासंघको केन्द्रीय कार्यालयको अनुरोध बमोजिम देशभरका शाखाहरुको ततकाल निर्धारण गरिएको साधारण सभा स्थगित गरिएको छ ।2

राष्ट्रिय व्यक्तित्व कोइरालाप्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय शोकको यस घडीमा नेपाल पत्रकार महासंघ, चितवनको भोलि माघ २७ गतेका दिन तोकिएको साधारणसभा पनि स्थगित गरिएको महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।
साधारण सभाको मिति केन्द्रीय समितिको समन्वयमा सचिवालयद्वारा पछि तोकिनेछ पोखरेलले बताए। भोलीको साधारणसभाका लागि जिल्लामा पूर्ण तयारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.