दशौं सौराहा फुड फेष्टिवलको तयारी अन्तिम चरणमा

 

चितवन, २६ माघ । दशौं सौराहा फुड फेष्टिवलको तयारी अन्तिम चरण पुगेको छ ।
फेष्टिवलको सबै तयारी लगभग पुरा भई यतिवेला स्टल व्यवस्थापनको काम पनि सकिनै लागेको स्टल व्यवस्थापन समितिका संयोजक सूर्य रिमालले जानकारी दिए ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको नेतृत्वमा गएको टोलीले सौराहा आउन निम्ता दिंदै देश दौडाहा समेत सकि सकेको छ ।12596437_1028330680542070_427760229_n

प्रणय दिवसको अबसर पारेर चितवनको रत्ननगर स्थित पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेदेखि शुरु हुन लागेको खाना महोत्सव वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता सहित यो बर्ष देखि गृहिणी विच नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, पर्यटक दौड र पत्रकार विच चिचर खाने प्रतियोगिता समेत थप गरि भव्य कार्यक्रम गर्न लागेको फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए ।

‘प्राकृतिक सौन्दर्य सौराहा चितवनकोे बिशेषता भन्ने मूल नाराका आयोजना हुने फुड फेष्टिवल यसपटक आएको आम्दानी मध्ये केही रकम उज्यालो सौराहामा खर्च गरिने, सडक बालबालिका तथा बालश्रम न्युनिकरणका लागि १०, १० प्रतिशत रकम उपलव्ध गराउने रसडक बालबालिका तथा बालश्रम न्युनिकरणका लागि १०, १० प्रतिशत रकम उपलव्ध गराउन रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए ।12666266_1028330667208738_1299245517_n
यस पटक खाना महोत्सवका क्रममा हात्ती सफारी, डुंगा सयर, साँस्कृतिक कार्यक्रम, सहित दुना टपरी गाँस्ने प्रतियोगिता, पानी पिउने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता समेत सो क्रममा आयोजना गरिने महासचिव दिपेन्द्र खतिवडाले जानकारी दिए ।

खाना महोत्सवका क्रममा यसपटक सौराहामा आएका पर्यटकलाई होटल तथा खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको कोषध्यक्ष अर्जुन चौधरीले जानकारी दिए ।

यस्तै महोत्सव स्थलमा बुकिंग भएमा निकुञ्ज जीप सफारीमा पुरा दिन ७००, आधा दिन पाँच सय र प्रतिव्यक्ति १०० रुपैयाँ छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।12695867_1028330700542068_501759445_n

यस्तै फेष्टिवल परिसरमा युनाईटेड हात्ती सञ्चालन सहकारी मार्फत बुक गराएका पर्यटकलाई हात्तीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । साना पर्यटन व्यवसायीहरुले समेत २० प्रतिशत छुटदिने घोषणा गरेको छ । भने सास्कृतिक कार्यक्रममा पशुपति शर्मा, माण्डवी त्रिपाठी, रमेशराज भट्राई, शिव परियार, सुगम पोख्ररेल, उमा गिरी सहितका गायक गायिकाहरुको विशेष प्रस्तुती सति डिजे डान्स पार्टी पनि रेहेको छ ।12714268_1028330660542072_1834006655_n

Leave a Reply

Your email address will not be published.