सुशील कोइरालाः एक इमान्दार राजनीतिज्ञको निधन

 

चितवन, २६ माघ, । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्री सुशील कोइराला को गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको भएको छ । 12714044_1144391922261500_43510303_n
कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कोइरालाको कारण निधन भएको जानकारी दिएका छन् ।
पछिल्लो केहीदिन देखि निमोनियकाका ज्वरोलेथलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा अफ्ठायारो भएकोथियो ।
इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चा समेत पायो र विदेशी सञ्चार माध्यमहरुले उनलाई विश्वकै गरिव प्रधानमन्त्री समेत भने ।
बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइराला वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । विसं। २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए ।
कोइराला विसं।०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औं महाधिवेशनबाट पार्टीको सर्वोच्च पदसभापतिमा निर्वाचित भएका थिए ।2
०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि उनी १६ वर्षसम्म प्रवास भारतमा बसे । नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला कार्यबाहक हुँदै पार्टी सभापति भए ।
भारतमा क्रुर यातना
वि।सं। ०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारवेसगञ्जमा उतारियो । त्यही विमान अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो ।
विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले मुम्वई, कालिङपोङ लगायत भारतका विभिन्न शहरमा भूमिगत जीवन बिताएका थिए । पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित भारतको तिहाड, अररिया, पूणिर्या, भागलपुर आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख त्यहीबेला पाएका थिए ।
विसं। ००७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष भारतमा बिताएका छन् ।
वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र वेलायतलगायतका युरोपियन मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन् ।3
विसं। ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक(पटक अस्वीकार गर्दै आएका थिए ।
०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वाचित कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
कोइरालाकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । असोज ३ गते नयाँ संविधान जारी भएपछि उनले असोज २३ गते राजीनामा दिए ।
अहिले कोइराला पार्टीको १३ औं महाधिवेशन गराउने तयारीमा थिए ।

Leave a Reply

Your email address will not be published.