चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ सुरु

राजेन्द्र आचार्य
चितवन, २५ माघ । चितवन उद्योग संघको आयोजनामा आज (सोमबार)देखी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ सुरु भएको छ ।

प्रदर्शनीकोे समुद्घाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक समारोहका विच उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री पाण्डेले देशले जनताका प्रतिनिधीले बनाएको संविधान पाइसकेकोले अव राज्य अर्थतन्त्र सुदृढ पार्न लागि पर्ने वताए । 12669258_1147430465274765_956335168_oउनले भूकम्प र नाकावन्दीका कारण नेपालीको जीवन अत्यन्त कष्टकर भएको भन्दै त्यसलाई सहज गराउन सरकार लागिपरेको दावी समेत गरे ।
मधेशका दलहरुले गरेको आन्दोलन राजनैतिक नभई स्वार्थ प्रेरित भएको मन्त्री पाण्डेको भनाई थियो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले दृढ इच्छा शक्ति भएको राजनैतिक नेतृत्व अहिलेको आवश्यकता भएको बताए । चितवन उद्योग संघका संघका अध्यक्ष एवंम प्रदर्शनी मुल आयोजक समितिका संयोजक भीमबहादुर पाण्डेले चितवनमा स्थायी प्रदर्शनी स्थल निमार्णका लागि माग गरो र्थिए । सासंद कृष्णभक्त पोखरेल,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम,पत्रकार महासंघ चितवनका अध्यक्ष हरी पोखरेल लगायतले भूकम्प र नाकावन्दीले मुलुकको अर्थतन्त्र अत्यन्त धरासायी भएको भन्दै त्यसलाई उक्सानका लागि भाषणभन्दा पनि देखिने गरी काम थाल्न सरकारलाई आग्रह् गरे ।

भरतपुरको गेष्टहाउस चौरबाट विभिन्न उत्पादनले सजाइएको सवारी साधन सहितको ¥यालि निकालिने थियो । ¥याली मालपोत चोकहुँदै केन्द्रीय बसटर्मिनल, हाकिम चोक, चोविसकोठी, लायन्सचोक, शहिदचोक, पुल्चोक, पोखरा बसपार्क, आँपटारी चोक, मालपोत चोक हुँदै प्रदर्शनी स्थल पुगेको औद्योगिक प्रदर्शनी ¥याली समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहने छन् । यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि ५० रुपैयाको टिकट र विद्यार्थीहरुको लागि ३० रुयैयाको टिकटको व्यवस्था गरिएको छ । साथै सातै दिन प्रदर्शनीमा सहभागि हुन चाहने दर्शकहरुका लागि १५० रुपैया दरको विशेष टिकटको पनि व्यवस्था गरिएको छ । यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएको छ । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएको छ । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज भएको छ । भने जलधारी सहितको हात्ती र माछा पोखरीले दर्शकहरु ध्यान केन्द्रित समेत गरेको छ ।

प्रदर्शनीमा चर्चित गायकद्धय सत्य राज आचार्य, स्वरुप आचार्य, कोमल ओली, मिलन लामा, ज्योति मगर, हास्य टेलिऋंखला जिरे खुर्सानीको कलाकारहरुको हस्य प्रहसन, स्थानीय कलाकार नेत्र जी पन्त र रत्ननगर कलामिन्दरको नृत्य प्रस्तुती रहको कला तथा साँस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिए ।
प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा÷प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहको छ । प्रदर्शनीमा पोल्ट्री जन्य उत्पादन, मौरीजन्य उत्पादन, ताजा माछा र माछजन्य उत्पादन, मेशिनरीहरु, काष्ठजन्य फर्निचरहरु, प्लाष्टिकका उत्पादनहरु, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इकयुप्मेन्ट्स, तयारी पोषाक, गलैचा, धातुका सामानह, वायो प्रोडक्ट्, उत्पादन प्रविधिहरु, खाद्य तथा पेय पदार्थ, आल्मुनियम, स्टील जस्ता धातुका फर्निचरहरु, फेब्रिकेशनका सामानहरु, निर्माण सामाग्रीहरु, हस्तकला, खेलैना, माटाका सामानहरु, कृषि तथा भेटेरिनरीजन्य औषधिहरु रहेको प्रचार–प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.