सपनामा नेपाली शिक्षकलाई विदेशी शिक्षकद्धारा तालिम

 

चितवन, २५ माघ । पूर्वी चितवनको रत्ननगर स्थित सौराहामा चितवनका सञ्चालन हुने नयां विद्यालयका शिक्षिकाहरुलाई विशेष कक्षा तालिम सुरु भएको छ । 12714087_1027925057249299_1123528934_nआगमी बैशाख देखि सुरु हुने सपना स्कुलका प्ले ग्रुपमा पढ्न आउने विद्यार्थीहरुलाई कसरी समयानुकुल अध्यापन भन्ने बारेमा विशेष कक्षा तालिम सुरु भएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा सोमवारदेखी सो तालिम सुरु भएको हो ।

वच्चाहरुलाई सिकाउने तरिका,उनीहरुको चाहना लगायतका विषयमा शिक्षकहरुलाई सो तालिममा सहजीकरण गरिने सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । गिरीका अनुसार शिक्षकहरुलाई अवकाश प्राप्त गरेका विदेशी प्राध्यापकहरु ग्रीसका एल्सा र नेदरल्याण्डकी मारियसेले सहजीकरण गर्नेछन् । इम्प्याक्टले संचालन गर्न लागेको मन्टेश्वरीलाई मध्यनजर गर्दै उत्प्रेरणा तालिम सुरु गरिएको सपनाका कार्यक्रम निर्देशक सुजन बस्नतेले बताए ।12659711_1027924953915976_1612477340_n

चितवनका सरकारी तथा निजी विद्यालयमा अध्यापनरत र मन्टेश्वरी तालिम लिएका शिक्षकहरु सहभागी सो तालिम १८ दिन सम्म चल्ने छ । तालिमबाट इम्प्याक्टले संचालन गर्न लागेको मन्टेश्वरीका लागी ४ जना शिक्षक समेत छनौट गरिने गिरीले वताए । सौराहाका संचालन गरिने यस मन्टेश्वरीलाई चितवनकै । नमुना वनाउने गरि गृहकार्य भईरहेको समेत संचालक गिरीले जानकारी दिए 12665775_1027924997249305_1619302365_n

Leave a Reply

Your email address will not be published.