खैरहनीमा ट्रकको ठक्करबाट १ को ज्यान गयो, एक गम्भिर घाईते
चितवन, २५ माघ । पुर्वि चितवनको खैरहनि ९ पर्सा सिमल टाँडी चोकमा आज विहान बसको ठक्करबाट एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन । पश्चिमबाट पुर्वतिर गईरहेको ना ५ ख ६३१९ नंकोे भाडाबसले विहाज ३ बजे सीमल टाँडीमा पल्टीरहेको बा३ ख १६५७ नंको ट्रकलाई ठक्कर दिँदा ट्रकका सहचालक मकवानपुर सिस्नेरीका बर्ष २५ का सुनिल बस्ताकोटीकोे ज्यान गएको हो । राती १२ बजे पुर्वबाट आउदै गरेको ट्रक खैरहनी नगरपालिका ९ सिमलटाडी चोक नजिक पल्टिएको थियो ।
यस्त सहचालकका साथीै सिस्नेरी ४ का बर्ष २२का शिवराम खत्री गम्भिर घाईते भएका छन। घाईते खत्रीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला टा«फिक प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय खैरहनिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। यसैबिच
माघे औँसीमा स्नान गर्न त्रिवेणीधाम आएको भारतीय तीर्थयात्रु बोकेको ट्रयाक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय नवलरासीका प्रहरी निरीक्षक सुवास गैरेका अनुसार उत्तरप्रदेशको नेचरुनबाट आएको ट्रयाक्टर नवलपरासीको गुठीसूर्यपुरा–७ सूर्यपुरामा पल्टिँदा घाइते भएका भारतको उत्तरप्रदेश सिमराकी ६० वर्षकी कर्मवलीदेवी गुप्ता र १७ वर्षका रमेश गुप्ताको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा ज्यान गएको हो ।दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरुको चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । औँसीमा स्नान गर्न स्वदेशी तथा विदेशीहरु त्रिवेणी धाममा आउने गरेका छन् ।