रत्ननगर महोत्सव सकियो, ४ लाख ५० हजार बढी दर्शकले अवलोकन गरे

विशाल सापकोटा,
चितवन, २४ माघ । आठौ संस्ककरणको रत्ननगर महोत्सव २०७२ सकिएको छ । महोत्सवको एक समारोहका विच संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री दलबहादुर महतले समापन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री महतले प्राविधिक कुरा मिलाए हावाबाट बिजुली र पाईपबाट ग्यासको योजना सम्भव रहेको दावी गरे ।
प्रधानमन्त्री ओलीले भनेको कुरालाई हावादारी नठान्न आग्रह गर्दै उनले नितिगत कुरामा सुधार ल्याएर यस्ता योजना सफल पार्ने तर्फ लाग्नु पर्नेमा जोड दिए ।
चितवनको रत्ननगर उद्योग बाणिज्य संघ र रत्ननगर नगरपालिकाले आयोजना गरेको थिए ।
यस्तै समापन समारोहमा बोल्दै उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले असहज परिस्थितीमा सञ्चालन भएको महोत्सवले राष्ट्रियस्तरमै सकारात्मक सन्देश प्रवाह गरेको भन्दै आयोजकको प्रशंसा गरे ।
समापन समारोहका बिशिष्ट अतिथी समेत रहेका पुर्व अध्यक्ष ढकालले मुलुकको विच भागमा रहेको चितवनलाई बाईपास गरेर कोहि पनि अगाडी बढ्न नसक्ने भन्दै रत्ननगर उद्योग वाणिज्य संघले यहाँको कृषि क्षेत्रको प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको बताए ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती भन्ने नारा सहित गत माघ १४ गते देखि सुरु भएको आठांै रत्ननगर महोत्सव आईतबार सकिएको हो ।

वैकल्पिक उर्जा, कृषि, र पर्यटनलाई विशेष जोड दिएर ४ सय ५० स्टल राखिएको  महोत्सव लक्ष्य हासिल गरेर सकिएको महोत्सव संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले  जानकारी दिए ।
महोत्सवमा ४ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको उनले दावी गरे ।
आयोजकले महोत्सव सफल बनाउ सहयोग गर्ने विभिन्न संघ संस्थालाई कदरपत्र र मायाको चिनो सहित सम्मान समेत गरेको छ । समापन समारोह महोत्सव मुल समारोह समितीका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष ज्ञान बहादुर बिसुरालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.