‘गैंडा चोरी शिकारी शून्य वर्ष मनाउनु नेपालको गौरब’: वनमन्त्री सापकोटा

राजेन्द्र आचार्य

चितवन, २४ माघ । वन तथा भू-संरक्षणमन्त्री अग्नीप्रसाद सापकोटाले तेस्रो पटक गैंडा चोरी शिकारी शून्य वर्ष मनाउनु नेपालको लागि अन्तर्राष्ट्रिय गौरबको बिषय भएको बताएका छन् ।

सधै यस्तौ काम गरौ : चितवन राष्ट्यि निकुञ्जले शुन्य चोरी शिकार बर्ष बनाएकोमा कदरपत्रसहित श्रीजगं गणका गणपति संजय देउजालाई सम्मान गर्दै वन मन्त्री अग्नी सापकोटा ।
सधै  काम गरौ : चितवन राष्ट्यि निकुञ्जले शुन्य चोरी शिकार बर्ष बनाएकोमा कदरपत्रसहित श्रीजगं गणका गणपति संजय देउजालाई सम्मान गर्दै वन मन्त्री अग्नी सापकोटा ।

विगत ५/ ६ बर्ष अघिका बर्षहरुमा चितवनमा गैँडा चोरी शिकारी बढेपनि चितवन राष्ट्रिय निकुञ्जले सन् २०१५ लाई शून्य चोरी शिकारी वर्षको रुपमा मनाउन सफल भएको छ ।
चितवनको सौराहमा आयोजित कार्यक्रममा मन्त्री सापकोटाले लोपोन्मुख एक सिङ्गे गैँडा संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा अनुकरणीय बन्न सकिएको तर्क गरे । यसअघि सन् २०१२, २०१३ मा पनि निकुञ्जले शुन्य चोरी शिकार बर्ष मनाएको थियो ।
मन्त्री सापकोटाले मन्त्रालयले २७ बुँदे प्रतिवद्धता जारी गरेको बताउदै आवश्यक नयाँ योजना भए बुँदा थप गर्न सकिने उल्लेख गरे ।
मन्त्री सापकोटाले काम नगरेको भनेर आरोप मात्र लगाउनु भन्दा नयाँ योजना ल्याउन सवैमा आग्रह गरे । उनले सौराह तथा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको विकासका लागि सौराह माडी पदमार्ग जोड्ने कार्यक्रम रहेको जानकारी दिए ।
एकै बर्ष ३५ भन्दा धेरै गैँडा चोरी शिकार भएको भएपनि सन् २०१५ मा भने निकुञ्जको मेहेनतमा उक्त संख्या शून्य अवस्थामा पुर्‍याउन सकिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अघिकृत रामचन्द्र कडेलले जानकारी दिए ।

वन तथा भू-संरक्षणमन्त्री अग्नीप्रसाद सापकोटाले तेस्रो पटक गैंडा चोरी निकासी शून्य वर्ष मनाउनु नेपालको लागि अन्तर्राष्ट्रिय गौरबको बिषय भएको बताएका छन् ।
अघिल्ला बर्षहरुमा चितवनमा गैँडा चोरी शिकारी बढेपनि चितवन राष्ट्रिय निकुञ्जले सन् २०१५ लाई शून्य चोरी वर्षको रुपमा मनाउन सफल भएको छ ।
चितवनको सौराहमा आयोजित कार्यक्रममा मन्त्री सापकोटाले लोपोन्मुख एक सिङ्गे गैँडा संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा अनुकरणीय बन्न सकिएको तर्क गरे ।
मन्त्री सापकोटाले मन्त्रालयले २७ बुँदे प्रतिवद्धता जारी गरेको बताउदै आवश्यक नयाँ योजना भए बुँदा थप गर्न सकिने उल्लेख गरे ।
मन्त्री सापकोटाले काम नगरेको भनेर आरोप मात्र लगाउनु भन्दा नयाँ योजना ल्याउन सवैमा आग्रह गरे । उनले सौराह तथा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको विकासका लागि सौराह माडी पदमार्ग जोड्ने कार्यक्रम रहेको जानकारी दिए ।

सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ ।
यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो । विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी सिकार अवधि रहेको निकुञ्ज विभागका महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिका सदस्य सचिव फणीन्द्रराज खरेलले जानकारी दिए ।
एकै बर्ष ३५ भन्दा धेरै गैँडा चोरी शिकार भएको भएपनि सन् २०१५ मा भने निकुञ्जको मेहेनतमा उक्त संख्या शून्य अवस्थामा पुर्‍याउन सकिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अघिकृत रामचन्द्र कडेलले जानकारी दिए ।

अझै १०० जति फरारको सूचीमा रहेको छन् । यसअघि तीन पटक निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाइसकेको छ । हाल आएर २०७१ वैशाख २० गतेदेखि २०७२ असार मसान्तसम्म ४३५ दिनसम्म चौथो शून्य चोरी सिकार मनाउन सफल भएको निकुञ्जले जनाएको छ ।

चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन कार्य गरिएको निकुञ्जले जनाएको छ ।
यस्तै कुकुरको प्रयोगसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरेर गस्ती हुने गरेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
सोही अवसरमा सून्य चोरी सिकार वर्ष मनाउने कार्यक्रममा संरक्षणमा सक्रिय भएकानिकुञ्जको सुरक्षार्थ खटिएको श्रीजंग गणका गणपति सजंय देउजा, निकुञ्जका तत्कालिन वार्डेन कमलजंग कुवंरसहित  आठ संस्था र १३ संरक्षणकर्मीलाई कदरपत्रसहित सम्मान  गरिएको थियो ।

हाल विश्वमा करिब तीन हजारको सङ्ख्यामा रहेको एकसिङ्गे गैंडा नेपाल र भारतको सीमित निकुञ्जरआरक्ष र वरिपरिको क्षेत्रमा मात्र पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो ।

सन् २०१५ को गणनाबाट यस निकुञ्जमा गैंडाको सङ्ख्या ६०५ रहेको छ । चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन गर्न कार्य गरिएको निकुञ्जले जनाएको छ ।

चोरी सिकारमा संलग्न व्यक्तिको पहिचान गरी कानुन कार्यान्वयन गर्ने निकायको समन्वय र सहयोगमा पक्राउ गरेर कानुनी दायरामा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम दण्ड सजाय गरिँदै आएको छ ।

यो सफलता हासिल गर्न निकुञ्जमा ५३ वटा स्थायी पोस्ट संयुक्तरुपमा तैनाथ हुँदै आएकामा हालका दिनमा १०२ वटा पोस्टमा सुरक्षा तैनाथ गरिएको पौडेलले बताए । र

Leave a Reply

Your email address will not be published.