नारायणघाट–मुग्लिन सडक अब दैनिक पाँच घण्टा बन्द

चितवन, माघ २४ । नारायणघाट मुग्लिन सडकखण्ड विस्तारका लागि आगामी बिहीबारदेखि दिउँसो पाँच घण्टा बन्द गरिने भएको छ ।
सडक दुई लेनको बनाउन पहाड काट्नु पर्ने दैनिक पाँच घण्टा बन्द गरिने भएको हो । जसअन्तर्गत बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको नारायणघाट मुग्लिन सडक आयोजनाले जनाएको छ ।12421465_1027322750642863_1906794827_n
यसबाट यात्रुमा पर्ने समस्याप्रति आयोजनाले क्षमा मागेको छ । नेपाल भारत क्षेत्रीय ब्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली बिकास बैंकको ऋण सहयोगमा नारायणघाट–मुग्लिन सडक स्तरोन्नती गर्न लागिएको हो ।

.