यूएईमा स्वास्थ्य र सुरक्षाबारे जनचेतना

 
रामप्रसाद ढुंगेल

यूएई । एनआरएन, यूएईले ५ फेब्रुवरी, शुक्रबारबाट स्वास्थ्य र सुरक्षाबारे जनचेतना कार्यक्रम सुरु गरेको छ । फेब्रुवरी महिनाभरि यूएईका नेपालीहरुलाई लक्षित गर्दै जनचेतना तथा जागरण अभियान चलाउने योजनाअनुरुप रास अल खेमा र फुजेराबाट एकै दिन अवेरनेस कार्यक्रम सुरु गरेको एनआरएन, यूएईका नवनियुक्त प्रवक्ता बालकृष्ण मरासिनीले बताएका छन् ।hhhhh

एनआरएन, यूएईको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव कृष्ण अर्यालको उपस्थितिमा हेल्थ एन्ड सेफ्टीबारे जनचेतना जगाउने कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । उक्त कार्यक्रममा एनआरएन यूएईका अध्यक्ष सुदिप कार्की, उपाध्यक्ष दीपक श्रेष्ठ, महिला विभाग प्रमुख कल्पना राई लगायतको एनआरएनको टिमको दुबै स्थानमा सहभागिता थियो ।

फुजेराको माधवपार्कमा उल्लेख्य नेपालीहरुबीच जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको क्षेत्रीय अध्यक्ष कृष्ण गिरी र सहसचिव यम खत्रीले बताएका छन् । रास अल खेमाको राक सेरामिक्सको फुटबल मैदानमा आयोजना गरिएको जनचेतनामूलक कार्यक्रममा पनि ठूलो संख्यामा नेपालीहरु उपस्थित भएर स्वास्थ्य, सुरक्षा र आधारभूत कानुनबारे जानकारी लिएको एनआरएन अभियन्ता मेघराज सापकोटाले जानकारी दिएका छन् ।

यो अभियान फेब्रुवरीको दोस्रो सातामा १२ तारिख सारजा र अजमानमा हुने बताइएको छ । यसैगरी अल ऐन क्षेत्रीय समितिको आयोजनामा आगामी १९ फेब्रुवरीमा परिचयात्मक भेटघाट तथा वनभोज कार्यक्रमका साथ जनचेतनामूलम कार्यक्रम तय भएको क्षेत्रीय सचिव जे सागरले बताएका छन् ।

सोही दिन अर्थात् १९ फेब्रुवरीकै दिन बिहान १० बजे अबुधाबी पनि जनचेतनामूलक कार्यक्रम गर्ने निश्चय भएको छ । फेब्रुवरी महिनाको अन्तिम शुक्रबार २६ तारिखमा दुबईमा यो जनचेतनामूलक अभियानको औपचारिक समापन गरिने प्रवक्ता मरासिनीले जानकारी दिएका छन् ।

एनआरनए युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा नेपाली दूतावासमा गत जनवरी ८ तारिख बसेको तेस्रो बैठकले समसामयिक विषयमा छलफल गर्दै फेब्रुवरी महिनालाई जनचेतना जगाउन विभिन्न्न इमिरेटसमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.