मह जोडीद्धारा मानव सेवा आश्रम चितवनको औपचारिक उद्घाघटन

चितवन, २३ माघ । भरतपुर १० मा सञ्चालन गरिएको सर्बोत्कृष्ट जिवन शाश्वत चिन्तन सांचो जिबन निर्माण तथा मानव सेवा आश्रम चितवनको औपचारिक रुपमा आश्रमको उद्घाटन गरिएको छ ।masava

आश्रमको शनिबार भव्य समारोहका बीच हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । आश्रम उद्घाटन गर्दै महजोडीले आश्रमले मानवीय सेवामा समर्पित भएर काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

दिन दुखीहरुको सेवामा समर्पित हुन लागेका नव युवाहरुको जोश र जाँगरको सबैले कदर गर्नुपर्ने मह जोडीको भनाइ थियो । बेसाहाराहरुको लागि आश्रम घर बनेकोले सबैले आश्रमलाई सहयोग गर्नुपर्ने हास्य कलाकार मदन कृष्ण श्रेष्ठले बताए ।

मुठी मुठी सहयोग गरेर आश्रम सञ्चालन गरिएकोले सबैले सहयोग गर्दै नेपाललाई मानवीय सहर बनाउनु पर्नेमा अर्का कलाकार हरिवंश आचार्यले जोड दिए । विगत २ महीना देखि चितवनको बाईपासरोडमा आफ्नो सेवा संञ्चालन गर्दै आएको आश्रमले अहिले ३४ जनालाई सेवा दिदै आएको छ । आश्रमले सडकमा रहेका वालवालीका, युवा तथा वृद्धहरुलाई सो आश्रममा राखेर सेवा दिदै आएको हो ।

जस मध्ये १८ जना महिला, १३ जना पुरुष र तीन जना वालवालीका रहेका छन् । रातको समयमा सडक सेवामा लागेर मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङ, असाहय एंव मानसिक संतुलन गुमाई सडककापेटीहरूमा वेवारिसे जिवन जिउन बाध्य भएकाहरु लाई सेवा दिदै आएको आश्रमको प्रधानकार्यालय हेटौडा रहेको छ ।

आश्रमले हेटौडा बाहेक चितवन र काठमाडौमा शाखा कार्यालय स्थापना गरी सेवा दिदै आएको छा भने अव गोरखा तनहु लगाएतका जिल्लामा पनि शाखा विस्तार गर्ने लक्ष्य रहेको आश्रमका संयोजक रामजि अधिकारीले जानकारी दिए ।

संस्थाले अहिले सम्म चार सय भन्दा वढि व्याक्तिहरुलाई सेवा दिईसकेको छ । विक्रम संम्वत २०७१ साल जेष्ठ १ गते देखि संञ्चालनमा आएको सो आश्रमले अहिले चितवनमा नयाँ दर्तामा आएको चितवन मानवसेबा आश्रम संग सहकार्य गरी काम गरेको भए पनि अहिले छुटै आफ्नो स्थान वाट सेवा प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published.