एकै दिन ५० हजार दर्शकद्धारा महोत्सव अवलोकन

चितवन, २३ माघ । रत्ननगर महोत्सव समापन पुर्वको दिनमा आज उल्लेख्य अबलोकनकर्ता सहभागीता भएको आयोजकले जानकारी दिएको छ । भोलि समापन हुन लागेको महोत्सवमा आज ५० हजार भन्दा वढि दर्शकले अवलोकन गरेका आयोजकको दावी छ । ratanaआज शनिबार परेकाले पनि उल्लेख्य मानिसको उपस्थिती भएको महोत्सव संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर बिसुरालले बताउनुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा माघ १४ गतेदेखी टिकौली चौरमा सुरु भएको आठौ रत्ननगर महोत्सवमा आज अपरान्ह सम्म पनि दर्शकहरु महोत्सव स्थल प्रवेश गर्दा भिड ब्यवस्थापनमा आयोजकलाई हम्मे परेको थियो ।

४ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिईएकोमा करिव लक्ष्य नजिक पुगेको महोत्सव संयोजक विसुरालको दावी छ । महोत्सव अन्र्तगत आयोजित सांस्कृतिक कार्यक्रममा आज चर्चित हास्यकलाकार रवि डंगोल वेईमान,जानुनका पौडेल प्याकुलीको प्रहसन रहेको थियो भने पप गायक कालीप्रसाद वास्तोला र बुनु राई मानन्धरले चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।ratanag

महोत्सवको भोली एक समारोहका बीच समापन गरिदै छ । पर्यटन राज्य मन्त्री वलहावदुर महतको प्रमुख आतिथ्यतामा समापन गरिने महोत्सव संयोजक विसुरालले जानकारी दिनुभयो ।
चिकेन एण्ड एग फेस्टिबलको आज सकियो
यस्तै , महोत्सवकै अवसरमा आयोजित चिकेन एण्ड एग फेस्टिवल आज सकिएको छ । फेस्टिवल माघ २१ गतेदेखी सुरु भएको थियो । फेस्टिबलमा उल्लेख्य स्थानियको सहभागीता भएको फेस्टिबल सहसंयोजक तथा कुखुरा ब्यवसायी संघ पुर्वि चितवनका अध्यक्ष रघुनाथ भट्टले दावी गर्नुभयो ।

उहाँका अनुसार फेस्टिबलमा प्रस्तुत गरिएको अण्डा र मासु का बिभिन्न परिकारमा अबलोकनकर्ताको बिशेष चासो थियो । पोल्ट्रीमा चितवनलाई उत्कृष्ठ जिल्ला वनाउने उदेश्यका साथ आयोजना गरिएको फेस्टिवल सफल भएको आयोजकले बताएको छ ।

चितवन ग्लोवल सिटीको सम्भावना
रत्ननगर महोत्सव अन्र्तगत चितवनको सौराहामा  चितवन एक ग्लोवल सिटीको सम्भावना र चुनौतीको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पुर्व अर्थमन्त्री एवंम साँसद सुरेन्द्र पाण्डेले चितवन ग्लोवल सिटीको सम्भावना रहेको वताउनुभयो । ग्लोवल सिटीको रुपमा चितवनलाई विकास गर्न यहाँको पर्यटन र कृषिको प्रर्वद्धन गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले जिल्लाको सम्भावनाको खोजी गर्दै काठमाडौ, पोखरा र हेटौडालाई चितवनसित जोड्नु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा प्राध्यापक डाक्टर रुद्रप्रसाद उपाध्यायले ग्लोवल सिटीको अवधारणा विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उपाध्यायले प्रस्तुत गरेको कार्यपत्रमाथी राष्ट्रिय योजना आयोगका पुर्व सदस्य स्वर्णिम वाग्ले र अर्थशास्त्री डाक्टर विश्वनाथ पौडेलले टिप्पणी गरेका थिए । कार्यपत्र माथी टिप्पणी गर्दै अर्थशास्त्री पौडेलले चितवन, काठमाडौ र पोखरालाई जोडेर त्यसको सम्भावनाको विकास गर्न सके चितवन ग्लोवल सिटीको रुपमा विकास हुने धारणा राखे । यसका लागी चितवन काठमाडौ सुरुङ मार्ग निर्माण गर्नु पर्ने उहाँले वताउनुभयो । रत्ननगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवंम कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका राजनितिक दल,क्याम्पस प्रमुख,प्राध्यापक,पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संयोजन गोष्ठी तथा सेमीनार समितिका संयोजक इश्वरीप्रसाद अर्यालले गर्नु भएको थियो ।