ग्रेट एफ.एमको गौरवमय तेस्रो बार्षिक उत्सव

चितवन, २३ माघ । पुर्वी चितवनको पर्सा बजारमा अबस्थित ग्रेट एफ.एम १०६.४ मेगाहर्जको आफ्नो गौरवमय तेस्रो बार्षिक उत्सव– २०७२ विभिन्न कार्यक्रम गरि मनाईदै छ । एफ. एमले माघ २२ गते देखी माघ २९ गतेसम्म विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाउन लागेको हो । बार्षिक उत्सव अन्तर्गत एफ.एमले विद्यार्थिहरुका बिचमा गायन प्रतियोगिता , नृत्य प्रतियोगिता , समाजमा रेडियोको भुमिका बिषयक अन्र्तक्रिया , सडक सचेतना कार्यक्रम तथा विभिन्न सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु आयोजना गरिएको एफ एमका स्टेशन म्यानेजर प्रदिप तिमल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी एफ.एमले आज (शनिबार) विद्यार्थिहरुको ट्यालेन्ट सो अन्तर्गत पुर्वि चितवन अन्तर मा.वि. स्तरिय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । डेजी उच्च मा.वि पर्सा बजारमा आयोजना गरिएको सो प्रतियोगितामा  विभिन्न विद्यालयका ५ जना विद्यार्थिहरु उत्कृष्ट भएका छन् । उत्कृष्ट हुनेहरुमा ग्लो साईन उच्च मावि पर्साकी खुसी थापा , नेपाल आदर्श आवासिय विद्यँलय खैरहनीकी विशाका रसाईली , बुद्ध ज्योती उच्च माविकी उरुषा , अलिसा , आसिका , रा.प्रा.वि. महादेवटारकी निशा शाह रहेकी छिन् ।

एफ.एमले बार्षिक उत्सव कार्यक्रम अन्तर्गत अहिले सम्म अन्तर मा.वि. स्तरिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिसकेको हो । यसैगरी एफ.एमले माघ २६ गते समाजमा रेडियोको भुमिका बिषयक अन्र्तक्रिया र २७ गते दुर्घटना न्युनिकरणका लागी सडक सचेतना कार्यक्रम आयोजना गरिदै छ । एफ एमको माघ २९ गते हुने समापन समारोहमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने एफ.एमका स्टेशन म्यानेजर तिमल्सिनाले बताएका छन् । सो समारोहमा उत्कृट प्रतियागी , विज्ञापन दाता , समाजसेवी लगायतलाई समेत सम्मान कार्यक्रमको आयोजना गरिएको एफ.एमका स्टेशन म्यानेजर तिमल्सिनाले बताएका छन् ।