अखिल क्रान्तिकारीमा चार जिल्ला समिति समायोजन

चितवन, २३ माघ । एमाओवादी निकट विद्यार्थी संगठनले चितवन जिल्ला सहित पुर्वाञ्चल र पोखरा विश्वविद्यालय सहित चार जिल्ला गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको विहिवार बसेको बैठकले यस्तो निर्णय लिएको हो । संगठनका चितवन जिल्ला अध्यक्ष्ँ दिलिप पौडेलको अध्यक्ष्ँतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष्ँ रामचन्द्य्र अधिकारी प्रमुखख अतिथि रहेका थिए ।

विहिवार सम्पन्न बैठकले संगठनको २८ औं चितवन जिल्ला सम्मेलन, शैक्ष्ँिक माफियाकरण विरुद्ध प्रतिरोधी अभियान, निःशुल्क सर्वसुलभ शिक्ष्ाँ प्राप्तीको पक्ष्ँमा २८ औं जिल्ला सम्मेलन भन्ने नारा सहित आगामी चैत ५ र ६ गते भरतपुरमा सम्पन्न गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नको लागि साजन अधिकारीको संयोजकत्वमा ७१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरिएको छ । शुक्रवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी विहिवारको बैठकमा भएका निर्णयहरु सार्वजनिक गरिएको हो । संगठनको बैठकले सम्मेलनको तयारी अन्तर्गत पुराना साधारण सदस्यताहरु नविकरण गर्दै थप २८ हजार साधारण सदस्यता वितरण गर्ने निर्णय समेत गरेकोे छ ।

विभिन्न क्याम्पसहरुमा आफ्ना नयां सदस्य बिस्तारका लागि प्रक्रिया अगाडि बढाउने संगठनले निर्णय लिएको हो । विहिवारको बैठकले संगठनका क्याम्पस तथा सम्पुर्ण इकाई र नगर सम्मेलनहरु यही फागुन २५ गते ििभत्र गरिसक्ने निर्णय गरेको सम्मेलन संयोजक साजन अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न विभागहरुको समेत गठन  गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथर््ी युनियन क्रान्तिकारीका केन्द्रि उपाध्यक्ष रामचन्द्र अधिकारीले शैक्ष्ँिक र जनजिविकाको विषयहरुमा आंफुहरुले आवाज उठाउंदै आएको बताएका छन् । संस्थागत विद्यालयहरुले शुल्क निर्धारण गर्नुपर्ने, सार्वजनिक विद्यालयहरुलाई सुद्धिकरण गर्नुपर्ने जस्ता मागहरु आफ्नो संगठनले उठाएको अधिकारीले बताएका छन् ।

संगठनको स्थापना भएसंगै निरन्तर रुपमा जनशिक्ष्ाँ, जनतन्त्र, जनजिविकाका पक्ष्ँमा संगठन लागि परेको अधिकारीको भनाई छ । अधिकारीका अनुसार अहिले शैक्ष्ँिक क्ष्ँेत्रमा दुई तरिकाले ठगी गर्ने कार्यहरु भइरहेको छ । स्वदेशमा नै महंगो शुल्क लिएर ठगी गर्ने प्रचलन रहेको छ भने अर्को तर्फ वैदेशिक शिक्ष्ाँको नाममा ठगी गर्ने प्रचलन रहेको अधिकारीले बताएका छन् । संगठनको विहिवार सम्पन्न बैठकमा एमाओवादी चितवनका अध्यक्ष्ँ यम बहादुर परियार इन्द्रजित, संगठन प्रदेश नं. ३ का इन्चार्ज विजय हमाल, लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.