विएफसी र त्रिवेणी विजयी

नारायणगढ । रेड वुल जिल्ला लिग फुटवल अन्तर्गत शनिबार भएको दुइ खेलमा भरतपुर फुटवल क्लव विएफसी र त्रिवेणी युवा क्लव मुग्लिन विजयी भएका छन् ।

क्याम्पाचौरमा सम्पन्न पहिलो खेलमा आँपटारी फुटवल क्लवलाई १ का विरुद्ध चार गोलले पराजित गर्दै विएफसी विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा त्रिवेणी क्लवले युनिक क्लव भरतपुरलाई १ का विरुद्ध ३ गोलले हराएको थियो ।

आयोजक चितवन जिल्ला फुटवल संघका अनुसार आइतबार पहिलो खेल एस्ट्रल विरुद्ध जयमंगला र नारायणी फुटवल क्लव विरुद्ध नारायण खेलकुद संघवीच हुनेछ ।

Leave a Reply

Your email address will not be published.