चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा

चितवन, २३ माघ । सोमबारदेखी सुरु हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ को तयारी पुरा भएको छ । चितवन उद्योग संघको आयोजनामा हुन लागेको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको हो । press meet 3

संघले आज पत्रकार सम्मेलनको आयोजनागरि प्रदर्शनीका सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । माघ २५ देखि फागुन २ गते सम्म औद्योगिक प्रवद्र्धन मैदानमा प्रदर्शनी आयोजना हुन लागेको हो । प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहने छन् । प्रदर्शनीको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यक्रम रहेको चितवन उद्योग संघका संघका अध्यक्ष एवंम प्रदर्शनी मुल आयोजक समितिका संयोजक भीमबहादुर पाण्डेले जानकारी दिनुभयो ।

यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि रु.५० को टिकट र विद्यार्थीहरुको लागि रु. ३० को टिकटको व्यवस्था गरिएको छ । साथै सातै दिन प्रदर्शनीमा सहभागि हुन चाहने दर्शकहरुका लागि रु.१५० दरको विशेष टिकटको पनि व्यवस्था गरिएको छ । यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएको छ । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज हुनेछ । प्रदर्शनी स्थलमा पुगेका दर्शकहरुलाई बोरिङ नहोस् भन्ने हिसाबले सामान्य रुपमा साँस्कृतिक पक्षलाई पनि समेटिएको संघले जनाएको छ । press meet 1 press meet 2

प्रदर्शनीमा चर्चित गायकद्धय सत्य राज आचार्य, स्वरुप आचार्य, कोमल ओली, मिलन लामा, ज्योति मगर, हास्य टेलिऋंखला जिरे खुर्सानीको कलाकारहरुको हस्य प्रहसन, स्थानीय कलाकार नेत्र जी पन्त र रत्ननगर कलामिन्दरको नृत्य प्रस्तुती रहने कला तथा साँस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा÷प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहने बताइएको छ । प्रदर्शनीमा पोल्ट्री जन्य उत्पादन, मौरीजन्य उत्पादन, ताजा माछा र माछजन्य उत्पादन, मेशिनरीहरु, काष्ठजन्य फर्निचरहरु, प्लाष्टिकका उत्पादनहरु, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इकयुप्मेन्ट्स, तयारी पोषाक, गलैचा, धातुका सामानह, वायो प्रोडक्ट्, उत्पादन प्रविधिहरु, खाद्य तथा पेय पदार्थ, आल्मुनियम, स्टील जस्ता धातुका फर्निचरहरु, फेब्रिकेशनका सामानहरु, निर्माण सामाग्रीहरु, हस्तकला, खेलैना, माटाका सामानहरु, कृषि तथा भेटेरिनरीजन्य औषधिहरु रहने प्रचार प्रचार समितिका संयोजक मदन घिमिरेले जानकारी दिनुभयो ।
यसैबीच विगतका वर्षहरु झै यसपटक पनि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी अन्तरगत राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार–२०७२हुने भएको छ । सो प्रतियोगितामा उच्च मावि र कलेजका विद्यार्थीहरुले एकल प्रस्तुतीको रुपमा सहभागिता जनाउन पाउने छन् । होटेल स्टार व्यान्क्वेट भरतपुरमा हुने प्रारम्भिक छनौट चरणबाट सम्बन्धि क्षेत्रका विज्ञहरुको निर्णयको आधारमा १२ जना छनौट हुनेछन् । उनीहरुले क्रमश प्रदर्शनी अवधिभरमा आफ्नो प्रतिभा देखाउन पाउनेछन् ।

सोही आधारमा प्रदर्शनीको अन्तिम दिन राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार २०७२ घोषणा गरिनेछ । डान्सिङ स्टारको उपाधि जित्नेले नगद २५ हजार रुपैयाँ, द्धितिय हुनेले नगद १५ हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने र सान्त्वना हुनेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published.