चितवनमा फागुन ९ गते देखी १ महिने दादुरा रुबेला खोप कार्यक्रम संचालन हुने

उमेश काफ्ले

चितवन २३ माघ । जिल्ला जनस्वास्थ्य कार्यलय चितवनले आगामी फागुन ९ गते देखी १ महिने दादुरा रुबेला खोप कार्यक्रम संचालन गर्ने भएको छ ।

कार्यलयले आज भरतपुरमा पत्रकार सम्मेलनगदै संचालन गरिने एक महिने अभियानका बारेमा जानकारी गराएको छ ।कार्यलयले जिल्लामा ३ चरणका कार्यक्रम मार्फत अभियान संचालन गर्ने तयारी गरेको कार्यलय प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए ।उनका अनुसार पहिलो चरण अन्र्तगत फागुन ९ गते देखी १७ गते सम्म भरतपुर उपमहानगपालिका,रत्ननगर र पञ्चकन्या गाबिसमा अभियान संचालनगर्ने जनाएको छ ।

त्यस्तै दास्रो चरण अन्र्तगत फागुन २० गतेदेखी २८ गते सम्म साबिकका मंगलपुर, फुलबारी, गितानगर, पटिहानी, जगतपुर, शिबनगर, पार्बतीपुर शुक्रनगर, मेघौली, दिब्यनगर, गुञ्जनगर, शारदानगरसंगै माडीका ४ वटा गाबिसमा अभियान संचालन गरिने कार्यलयले जनाएको छ ।

त्यस्तै तेस्रो चरण अन्र्तगत चैत १ गतेदखी ९ गतेसम्म पहाडी ८ गाबिससंगै पुर्बी चितवनमा अभियान संचालन गरिने छ ।अभियानमा चितवनका ९ महिनादेखी ५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको पि.सि.भि.खोपसंगै पोलियो थोपा समेत दिइने कार्यलयका मेडिकल अफिसर डाक्टर शिब नारायण यादबले जानकारी दिए ।

नेपाल सरकारले सन् २०१६ सम्ममा नेपालका हरेक जिल्लामा खोपको प्रभाबकारितालाई ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।त्यस्तै सन् २०१६ सम्ममामै पोलियोका नया बिरामीको अबस्था शुन्यमै पु¥याउने रहेको छ ।कार्यलयले अभियान संचालनका लागी तयारी तिब्र बनाएको जनाएको छ ।तयारी अन्र्तगत खोप सम्न्वय समितीको बैठक,प्रत्यक स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरुमा भ्याक्सिन पठाउने तयारी,संगै महिला स्वायसेबीहरुलाई अभिमुखीकरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.