स्काइराइडरमा ३९ जनाले रक्तदान गरे

चितवन, २३ माघ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल जुनियर रेडक्रस सर्कल स्काइराइडरको आयोजना तथा स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालयको प्रायोजनमा शक्रबार रक्तदान कार्यक्रम सम्मन्न भएको छ  । कार्यक्रममा ९ जना महिला सहित ३९ जनाले रक्तदान गरेका थिए ।

विगत १५ वर्ष देखि विद्यालयले लगातार बार्षिक कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । शिक्षक नायक बिकाश पुरीको संयोजनमा सम्पन्न कार्यक्रममा बिद्यालयका प्राचार्य तथा नेजुरेस स्काइरइडरका संरक्षक मदन पुरी प्रमुख अतिथि रहनु भएको कार्यक्रम नेजुरेस स्काइराइडरकी अध्यक्ष स्मृति वनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.