सवारी चेकजाँचमा २ सय ४२ जना कारवाहीमा

सुजिता हमाल
चितवन, २२ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गएको २४ घण्टामा गरेको सवारी चेकजाँचका क्रममा २ सय ४२ जनालाई कारबाही गरेको छ ।   कारबाहीस्वरुप उनीहरुबाट १ लाख ३४ हजार ५ सय रुपैया जरिवाना गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।checking photo
यसैगरी गएराती मादक पदार्थ सेवन गरी सवारी चलाउने १२ जनालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  कारबाही स्वरुप उनिहरुको लाइसेन्समा प्वाल पारिएको र जनही १ हजार रुपैया जरिवाना गराइएको ट्राफिकले जनाएको छ ।
यति वेला नारायणगढ–हेटौडा सडकखण्ड खुल्ला छ, त्यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड,मुग्लिन–नौविसे–काठमाडौ सडकखण्ड, मुग्लिन–दमौली–पोखरा सडकखण्ड र नारायणगढ – परासी – वुटवल सडक खण्ड सुचारु छन ।