पशुपति शर्मा स्टेजबाट झरेपछि…..(फोटो फिचर)

चितवन, २२ माघ । लोक दोहोरी क्षेत्रमा छोटो समयमा निकै जमेका चर्चित गायक पशुपति शर्मा स्टेज चढ्दा रौनक भिन्दै देखिन्थ्यो । उनलाई सायद कमैले मात्रै नचिनेका होलान् ।
उनको उपस्थिती र उनले गाएका गीतले गर्दानै विहीवार रत्ननगर महोत्सवको माहोल पनि भिन्दै थियो । लोक दोहोरीमा सवै किसीमका गित गाउन सक्ने गायक शर्माले आफ्ना चर्चित गीत गाउन थालेपछि माहोल नतात्ने त कुनै भएन ।
सुरुमा उनले मलाई हङकङ पनि यही भन्ने वोलको गीत गाउन थाले । उपस्थित युवा युवती अनि उमेर ढल्केकाहरु पनि उनलाई नाचेर साथ दिन थाले । नाच्न नजान्नेहरु ताती वजार उनलाई समर्थन जनाउँदै गरेको देखिन्थ्यो ।
पहिलो गीत स्टेजमा गाएका पशुपतिले दोश्रो गीत माया भुल्ने के होला दबाई भन्ने सेलो गीत दर्शक भएकै ठाँउमा पुगेर गाएपछि माहोल झनै तात्यो । पशुपति स्टेजबाट तल झरेपछि पछाडी वसीरहेका दर्शकहरु तछाड मछाड गर्दै अगाडी वढेको देखियो । टेलिभिजन पर्दाको गीतमा देखेका दर्शकहरु पशुपति गीत गाउँदै गर्दा सेल्फी हान्न पनि झुम्मिए ।
उनको प्रस्तुतीमा विषेश गरी युवायुवतीहरु रमाए । पशुपति शर्माले नयाँ गीत भुम्के वुलाकीले आउने वनायो नामको गीत पनि दर्शक माझ पस्किए । पशुपति शर्मा पछि स्टेजमा आएकी लोक दोहोरी गायिका जानकी तारणी मगरले पनि दर्शकलाई उचाले ।
त्यसपछि पशुपति शर्मा र जानकी तारणी मगरको दोहोरीमा दर्शक रमाए । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा माघ १४ गतेदेखी सुरु भएको महोत्सवको आठौ दिन स्थानिय कलकारहरुको पनि प्रस्तुती रहेको थियो । महोत्सवको अन्तिम तिर आउँदा दर्शकहरुको चाप निकै वढेको छ ।
महोत्सवको आठौ दिन विहीवार पनि दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको आयोजकले जनाएको छ । महोत्सव यही माघ २४ गते सम्म चल्ने छ ।