सागको १२ औं संस्करण आजबाट सुरु

चितवन, २२ माघ । दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करण आजबाट सुरु हुँदै छ ।

भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय रंगशालामा एक भव्य समारोहबीच उद्घाटन हुँने प्रतियोगिताका विभिन्न २३ वटा खेलमा प्रतिस्पर्धा हुँनेछ । नेपाल, भारत र श्रीलंकाले मात्र २३ वटै खेलमा भाग लिएका छन् । प्रतियोगितामा नेपालबाट तीन सय ८७ खेलाडी सहित ५ सय २२ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ ।

आयोजक भारतसहित नेपाल, बंगलादेश र पाकिस्तानका अधिकांश सहभागी आयोजना स्थल पुगिसकेका छन् । प्रतियोगितामा नेपाल सहित आयोजक भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानका खेलाडीले सहभागिता जनाउँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.