बैङ्कको जागिर छाडेर कृषि फर्म संचालन

दयाराम आचार्य
नवलपरासी, २२ माघ । दैनिक जसो १५ सय भन्दा बढि युवा रोजगारका लागि खाडि मुलुकगई रहेको बेला कावासोतीका दुई युवाले भने स्वदेशमानै केहि गरौ भन्ने अठोटका साथ डेढ करोड बढिको लगानीमा मनास्लु मिल्क एण्ड कृषि फर्म  खोल्न लागेका छन । फर्मबाट प्याकेजि¨ दुध लगाएत दुग्ध जन्य पदार्थक उत्पादन गर्ने जनाईएको छ ।
यो संगै नवलपरासीमा पहिलो पटक  दुध प्याकेजि¨ संचालनमा आउने भएको छ  । कावासोती नगरपालिकामा ७ बद्रुवामा सो दुग्ध प्याकेजि¨ कम्पिनि संचालनमा आउन लागेको हो ।
कावासोतीका युवा प्रकाश लामिछाने र नन्दु रिजालले आफ्नै ठाउमा केहि गरौ भन्ने उधेश्यले १ करोड ६० लाखको लागतमा कावासोती नगरपालिका ७ मा मनास्लु मिल्क एण्ड कृषि फर्म प्रालि  संचालनमा ल्याउन लागेका हुन ।
कृषि समग्र देशको विकासको आधार भएको र कृषि क्षेत्रबाटनै देश विकास सम्भव रहेको भन्दै आफ्नो ७ बर्षको अनुभवको आधारमा आफुले मनास्लु मिल्क एण्ड कृषि फर्म खोल्न लागेको लगानि कर्ता मध्यका एक नन्दु रिजालले बताउनु भयो ।
कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले साढे चार बर्ष देखि गर्दै आएको बैङ्कको जागीर छाडेर यस क्ष्ँेत्रमा हात हालेको अर्का लगानि कर्ता प्रकाश लामिछानिले बताउनु भयो ।
“कतिपय युवा जागीर पाईएन भन्नछन, म बैङ्कको जागीर छाडेर कृषिमा लगानि गर्दै छु, गर्ने हो भने कृषिमा धेरै सम्भावना छ,  न अरुले दिएको जागीर  खानु पर्यो न खाडि तिरको बाटोनै ताक्नु पर्यो” लामिछाने भन्नु हुन्छ ।

सबै तयारी पुरा भएको र यहि फागुन १ गते बाट प्याकेजि¨ दुध बजारमा ल्याउने योजना रहेको लामिछानेले बताउनु भयो ।
उपभोक्तालाई पुर्ण रुपमा गुणस्तरीय  दुध उपलब्ध गराउने साथै दही, ध्यू लगाएत दुग्ध जन्य उत्पादन पनि बजारमा ल्याउने लामिछानेले बताउनु भयो ।
शुरुमा दैनिक १५ सय लिटर दुध उत्पादन गरी बजार ल्याउने  तयारी रहेको र पछि दैनिक १० हजार लिटर दुध उत्पादन गर्ने गरी तयारी गरेको उहाले बताउनु भयो । उत्पादित दुध नवलपुर क्षेत्र संगै चितवन, बुटवल सम्मका बजारमा पुर्याउने लक्ष्य रहेको लामिछानेले बताउनु भयो ।

उत्पादन शुरु भए संगै प्रत्यक्ष रुपमा करीब २० जनाले रोजगार पाउने र अप्रत्यक्ष रुपमा नलपुर क्षेत्रकै किसान लाभान्वित हुने उहाले बताउनु भयो ।
यस्तै बिभिन्न बन्द हडतालको बेला किसानले आफ्नो दुध त्यसै खेर पाल्नु पर्ने अवस्था कतिपय समय भोग्नु परीरहेको अब त्यस बाट पनि किसान मुक्त हुने र किसानलाई बजारको चिन्ता समेत नरहने  जसले गर्दा किसानलाई अझ बढि फाईदा पुग्ने लामिछानेले बताउनु भयो ।
यसै गरी आफुहरुले प्याकेजि¨  गरी बजारमा ल्याउने  दुधको गुणस्तरमा कुनै कमि नरहने  रिजालले बताउनु भयो ।
“हामिले बजारमा ३ दशमलब ८ फ्याटको दुध दिन्छौ,साथै चिसोमा हुने किटाणु र तातोमा हुने किटाणु मार्नको लागि पाश्चराईजेशन बिधिबाट दुधलाई शुद्ध किटाणु रहीत बनाउछौ ” रिजालले भन्नु भयो ।
कतिपय पशु बिभिन्न रोग लागेको हुने गर्दछन र ति रोकका जिवाणु दुधमार्फत हाम्रो शरीरमा प्रवेश गरी हानि गरीरहेका हुन्छन तर पाश्चराईजेशन बिधीमा दुधलाई एक पटक ९० डिग्रि भन्दा बढिको टेम्पे्रचरमा पुर्याउनछौ अनि फेरी ४ डिग्रि चिसोमा ल्याउछौ जसले गर्दा तातो र चिसो दुवै अवस्थामा रहने किटाणु नष्ट हुन्छ र दुध पुर्ण स्वस्थकर हुन्छ रिजालले भन्नु भयो ।
कम्पनिबाट उत्पादित दुध उपभोक्ताले किसानको घरबाट खाने दुधको गुणस्तर भन्दा कमि नहुने बरु आफुहरुले पुर्ण शुद्ध दुध उपलब्ध गराउने हुदा दुधको गुणस्तरमा शंका नगर्न उपभोत्ताहरुलाई रिजालले अनुरोध समेत  गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.