खैरहनीमा घुस लिँदालिँदै प्रहरी निरीक्षक गुप्ता रंगेहात पक्राउ

चितवन, माघ २१ । इलाका प्रहरी कार्यालय चितवन, खैरहनीका प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहीबार उनलाई कार्यालयबाट ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिइरहेको बेला अख्तियार टोलीले निरीक्षक गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

चितवनमा कार्यरत रहँदा उनी पटक–पटक यस्तै हर्कत गर्ने गरेकाले प्रहरीबाट उनी कारवाहीमा परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले खराब आचारणका कारण पक्राउ परेका इन्सपेक्टर गुप्तालाई यसअघि नै प्रहरीबाटै आन्तरिक कारवाही गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.