सडकमा निर्माण सामाग्री राखेर बाटो अवरुद्ध बनाउने क्रम बढे

प्रकाश सिग्देल
चितवन, २१ माघ । गैडाकोट क्षेत्रमा सहरीकरण बढे संगै सडकमा निर्माण सामाग्री राखेर बाटो अवरुद्ध बनाउने क्रम समेत बढेको छ । गैडाकोटका बिभिन्न क्षेत्रमा सडक मिचेर निमार्ण सामाग्री थुर्पादा सर्वसाधारण तथा सवारी साधनलाई आवत जावतमा समस्या सृजना भएको स्थानियहरुले बताएका छन् ।

भवन निमार्ण कक्ताहरुले निमार्णकालागि आवस्यक सम्पुर्ण निमार्ण सामाग्री सडकै ढाक्ने गरि बिच सडकमा राखेका कारण बाटो हिड्न समेत समस्या सृजना भएको गैडाकोट कालिगण्डकी चोकका मिलन थापाले बताए । महिनौ सम्म बाटोमा ढुगां, गिटी, बालुवा तथा रड राखेर बाटो अवरुद्ध गर्ने कामले गर्दा बाटो आवत जावतमा समस्या सृजना हुनका साथै बाटो समेत भत्कने र दुघटना बढने सम्भावना रहेको स्थानिय अगुवाहरु बताउछन् ।

गैडाकोटको सहज सामुदायीक अस्पतालको गेटै अगाढी बिच सडकमा निमार्ण सामाग्री थुपार्दा अस्पतालमा आउने एम्वुलेन्स , बटुवा र अन्य सवारी साधनलाई समेत समस्या सृजना भएको छ । भवन निमार्ण कक्र्ताले निमार्ण सामाग्री राख्ने अन्यत्र स्थानहुदाहुदै पनि बाटोमानै लगेर थुपार्ने काम गरेकाले समस्या सृजना भएको सामाजिक अगुवाहरु बताउछन् ।

स्थानिय स्थरको बिकास र नियमित निगरानीका लागी टोल सुधार संस्थाको गठन भएको भएपनि टोल सुधार संस्थाले समेत कुनै चासो नदिदा घर धनिले मनोमानी गर्ने गरेको पाईएको छ । नगर बिकास र सरसफाईका लागी नगरपालिकाले समेत केहि योजना बनाउन नसक्दा दिनानु दिन गैडाकोट प्रदुसित र कुरुप बन्दै जान थालेको गैडाकोटका सिव सिग्देलले बताए ।

गैडाकोटमा नक्सा पास नगराई कनै दुई तिन तला भवन निमार्ण गर्ने मनोमानि तवरले बाटोनै ढाक्ने गरि निमार्ण सामाग्री राख्ने फोहोर जताततै फाल्ने काम दिनननु दिन बढदै गएको सिग्देलले बताए ।

बाटोमा निमार्ण सामाग्री थुपार्नेहरुको निमार्ण सामाग्री जफत गर्नु पर्ने र नक्सा पास नगरिकन घर बनाउनेहरुको निमार्ण कार्यमा रोक लगाउनु पर्ने उनि बताउछन् । यता नगरपालिकाका कार्यकारी अधिकृत बद्रि तिवारीले भने सिमित जनशंक्तिका कारण नियमित निगरानी हुन नसक्दा समस्या सृजना भएको बताएका छन् । नगरपालिकाको नियम बिपरीत काम गर्ने जो कोहिलाई पनि कारबाहि गरिने बताउदै उनले नियममा रहि भवन निमार्ण गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.