रत्ननगरमा चिकेन एण्ड एग फेस्टिवल सुरु

चितवन, २१ माघ । पुर्वी चितवनको रत्ननगरमा विहीवारदेखी चिकेन एण्ड एग फेस्टिवल सुरु भएको छ । कुखुराको मासु र अण्डामा आत्मनिर्भर वनाउन उदेश्यका साथ रत्ननगर महोत्सव अन्र्तगत चिकेन एण्ड एग फेस्टिवल सुरु भएको हो । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा माघ १४ गतेदेखी टिकौली चौर प्रस्तावित क्षेत्रिय रंगशालामा आठौ रत्ननगर महोत्सव जारी छ भने महोत्सवको एक पाटोको रुपमा फेस्टिवल आयोजना गरिएको आयोजकले वताएका छन् ।

फेस्टिवलको एक कार्यक्रमकाबीच पशु सेवा विभागका महानिर्देशक डाक्टर केशव प्रेमीले उद्घाटन गरे । सो अवसरमा महानिर्देशक प्रेमीले फेस्टिवलले पोल्ट्री उत्पादनको खपत वढ्ने वताए । उनले फेस्टिवल मात्रै नभई प्रविधिको केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

डा.प्रेमीले २ वर्षमा मासुमा आत्मनिर्भर र ३ वर्षमा दुधमा आत्मनिर्भर वनाउन सरकारले योजना वनाएर काम गरिरहेको जानकारी दिए । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केशीले चितवन पोल्ट्रीमा आत्मनिर्भर रहेकाले यसलाई जोगाई राख्नु पर्ने धारणा राखे । कार्यक्रममा पशु सेवा विभाग पशुपंक्षी वजार निर्देशनालयका निर्देशक देवेन्द्र यादवले शारीरिक ,मानसिक वृद्धीका लागी अण्डा नियमित प्रयोग गर्न सुझाव दिए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले कुखुरा र अण्डामा आत्मनिर्भरका लागी यसलाई व्यवसायिकरण गर्दै औद्योगिकरण गर्न आवश्यक रहेको वताए । फेस्टिवलले चितवन पोल्ट्रीको उत्कृष्ठ जिल्ला रहेको सन्देश जाने समेत महोत्सवका संयोजक समेत रहेका संघका अध्यक्ष विसुरालले दावी गरे । चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ । त्यसमा पनि ६० प्रतिशत कुखुरा र कुखुराजन्य उत्पादन पुर्वी चितवनबाट हुदै आएको छ ।

संघका अध्यक्ष विसुरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फेस्टिवलका संयोजक नारायणकाजी श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।  यही २३ गते सम्म चल्ने फेस्टिलमा कुखुरा र अण्डाबाट वन्ने विभिन्न परिकार राखिएका छन् । साथै कुखुरा र अण्डाको प्रयोगबाट हुने फाईदा तथा उत्पादनको प्रक्रियाका बारेमा समेत जानकारी गराईने सहसंयोजक रघुनाथ भट्टले जानकारी दिए । फेस्टिवल अन्र्तगत शुक्रवार अण्डा छोडाउने र अण्डा खाने प्रतियोगिता हुदैछ ।

महोत्सवमा खाद्य सम्वन्धी जानकारी
खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले राखेको स्टलमा रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चासोको रुपमा लिएको पाईएको छ । विभागले खाद्य सामाग्रीमा मिसावट र यसले गर्ने असरका बारे महोत्सव अवलोकनकर्तालाई जानकारी गराउने गरेकाले विभागको स्टल चासोको विषय वनेको हो ।

खाद्य सामाग्रीमा मिसावट हुन्छ भन्ने सामान्य जानकारी समेत आम मानिसमा नहुने भएकाले र यसलाई चासो रुपमा नहेर्ने गरिएकाले सचेतनाका लागी महोत्सवमा स्टल राखेर चेतना अभिवृद्धी गर्ने काम गरेको जिल्ला खाद्य निरीक्षण इकाई चितवनका खाद्य निरीक्षक नविन देउजाले जानकारी दिए । स्टलमा आएका दर्शकहरुले जिज्ञासा सहित सुझाव समेत दिएका छन् ।

उनीहरुले वजार अनुगमन निरन्तर गर्नु पर्ने,खाद्य प्रयोगशाला चितवनमानै स्थापना गर्नु पर्ने,तालिम दिनु पर्ने लगायतका माग समेत सो अवसरमा राखेको देउजाले वताए ।

स्टलमा खाद्य विभागकी खाद्य अनुसन्धान अधिकृत प्रक्षा न्यौपानेसहितको टोलीले विभागले दिने सेवा सुविधा,खाद्य निरीक्षण,खान योग्य वा अयोग्य छुट्याउने तरिकाकाबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.