टुहुरा वालवालिकालाई प्रेरणाका शिक्षक विधार्थीले गरे २७ हजार सहयोग

चितवन, २१ माघ । भरतपुरमा रहेको प्रेरणा उच्च माध्यमिक विधालयका शिक्षक, कर्मचारी  र विधार्थीहरुले मकवानपुरका विपन्न परिवारका टुहुरा वालबालिकालाई आर्थिक सहयोग गरेका छन् ।

मकवानपुर टिस्टुङ वस्ने टुहरा वालकहरु राजकुमार स्याङतान र कुमार स्याङतानलाई अध्ययनका लागि २७ हजार नगद सहयोग प्रदान गरेको विद्यालयका प्राचार्य मोहन लामाले जानकारी दिनुभयो ।

टिस्टुङका वावु गुमाएका र आमा सुस्त मनस्थितिको रहेकाले अभाबको जीवन विताईरहेका वालकहरु राजकुमार स्याङतान र कुमार स्याङतानले विधालयका निर्देशक तेजप्रसाद चुडाल र प्राचार्य मोहन लामाले उनीहरुले पढ्ने विधालय टिस्टुङको जनता प्राविमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो ।

वालकहरुले अध्ययन गर्ने टिस्टुङको विधालयका प्रधानाध्यापक धर्मलाल श्रेष्ठ र व्यवस्थापन समितिका अध्यक्ष विनोद सिंह वललाई नगल सहयोग हस्तान्तरण गरेको विद्यालयका शिक्षक यज्ञप्रसाद पौडेलले वताउनुभयो ।

पौष १९ गते कान्तिपुर दैनिकमा प्रकाशित भएको हामी टुहुरा शिर्षकको समाचार पढेपछि विद्यालयका शिक्षकहरुले सहयोग रकम जुटाएका थिए ।

सहयोग गरिएको रकम वुधवार हस्तान्तरण गरिएको हो ।घरका कारणले टुहुरा भई पढ्न नपाएका वालवालिकालाई प्रेरणा उच्च माविले गरेको सहयोगले ठुलो राहत पुगेको जनता प्रविका प्रधानाध्यापक धर्मलाल श्रेष्ठले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published.