ग्रेट एफ.एमको आफ्नो गौरवमय तेस्रो बार्षिक उत्सव–२०७२ शुक्रबार देखी मनाउने

चितवन, २१  माघ । पुर्वि चितवनको पर्सा बजारमा अबस्थित ग्रेट एफ.एम १०६.४ मेगाहर्जले भोली (शुक्रबार) देखी आफ्नो गौरवमय तेस्रो बार्षिक उत्सव– २०७२ मनाउने भएको छ । एफ.एमले भोली माघ २२ गते देखी माघ २९ गतेसम्म विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाउन लागेको हो ।

शुक्रबार देखी शुरु हुने कार्यक्रममा पुर्वि चितवन अन्तर मा.वि. स्तरिय ट्यालेन्ट सो अन्तर्गत विद्यार्थिहरुका बिचमा गायन प्रतियोगिता , नृत्य प्रतियोगिता , समाजमा रेडियोको भुमिका बिषयक अन्र्तक्रिया , सडक सचेतना कार्यक्रम तथा विभिन्न सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्ने एफ एमका म्यानेजर प्रदिप तिमल्सिनाले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रमको बिषयमा जानकारी दिंदै एफ. एम.का निर्देशक अनिल कुँवरले बार्षिक उत्सव कार्यक्रम सफल पार्न आम नगरबासी , विज्ञापन दाता , शुभचिन्तक एवम् श्रोताहरुमा आग्रह गरेका छन । उहाले श्रोताका चाहाना अनुसारका कार्यक्रम प्रस्तुत गरीरहेको जनाउदै आगामी दिनमा थप नयां कार्यक्रम प्रशारण गर्दै जाने बताएका छन् ।

एफ. एमले भोली शुक्रबार पहिलो दिन मावि स्तरिय विद्यार्थिहरुका बिचमा गायन प्रतियोगिता आयोजना गरिएको छ । खैरहनी नगरपालिका – ८ पर्सा बजारमा रहेको नेशनल आवाशिय माध्यमिक विद्यालयमा ट्यालेन्ट सो अन्तर्गत प्रतियोगिता हुने एफ.एमले जनाएको छ । एफं.एमको माघ २९ गते हुने समापन समारोहमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने एफ.एमका स्टेशन म्यानेजर तिमल्सिनाले बताउनुभएको छ । सो समारोहमा उत्कृट प्रतियागी , विज्ञापन दाता , समाजसेवी लगायतलाई समेत सम्मान कार्यक्रमको आयोजना गरिएको एफ.एमका स्टेशन म्यानेजर तिमल्सिनाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.